झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सुकुम्बासीको नाममा हुकुमबासीको बोलबाला अन्त्य हुनुपर्ने बताएका छन् । खास सुकुम्बासीले भुमी नपाउने र हुकुमबासीको बोलबाला देखिएकोले अब अन्त्य गरि भूमिहीनको समस्या समाधानका लागि परिणाम निकाल्ने र जनताले महशुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति प्युठानले झिमरुक गाउँपालिकामा गरेको स्थानीय तह र सरोकारवालाहरु संगको कार्यक्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण र अव्यवस्थित बसोवासीको व्यवस्थापनमा कुनै कसर नराखी अगाडी बढ्नु पर्ने बताए । उनले भूमिलाई समुचित ढङ्गबाट व्यवस्थापन गर्दै आयोगको कार्यविधि अनुसार असली सुकुम्बासीहरुको पहिचान गरि अगाडि बढ्न र ऊनीहरुको समुचित ब्यवस्थापन गर्न आग्रह गरे ।
उनले भूमिहीन दलित, वास्तविक सुकुम्बासी भूमि पाउनबाट बञ्चित हुनुहुदैनू। उनले भने कसैलाई पनि आग्रह पुर्ग्राह भएर काम गर्न वडा अध्यक्ष तथा वडा सचीवहरुलाई आग्रह गरेका छन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम बहादुर जिसीले भूमिसम्बन्धी समस्या समाधानका लागि जिल्ला समन्वयको तर्फबाट गर्नुपर्ने काम, सहयोग, समन्वय, सहजीकरणका साथै अन्य आवश्यक नीतिगत काममा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासीसँगै कमैया, हलिया, कमलरी, हरुवा, चरुवाको समस्या हामी सबैको साझा समस्या भएकोले यस्को समाधानको लागि पहलकदमी लिनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय भूूमि आयोगका बिज्ञ सदस्य रोहन महतराले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि बनेको कार्यविधिअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले आयोगको मर्म र भावना अनुसार स्थानीय तहमा रहेका असली सुकुम्बासी जनताको मनोबल बढ्ने गर्ने गरी काम गर्न सुझाएका छन् ।
झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले आयोगको मर्म र भावना अनुसार स्थानीय तहमा रहेका असली सुकुम्बासी जनताको मनोबल बढ्ने गर्ने गरी काम गर्न सुझाएका छन् । कार्यक्रममा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल राष्ट्रिय भूमि आयोगका सदस्य रुद्र बिष्ट र राधा घिमिरे वडा अध्यक्ष वडा सचीव लगाएतको उपस्तिथि रहेको थियो ।
राष्ट्रिय भूमि आयोग प्यूठानले ९ वटा स्थानीय तह मध्य ६ वटा पालिकामा अभिमुखिकरण कार्यक्रम सकिएको ३ वटा पालिकामा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने तयारी भैरहेको सदस्य रोहन महतराले जानकारी दिए ।