बुटवल : नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले प्यूठान जन्मिएर विभिन्न काम विशेषले तराई क्षेत्रमा झरेका जिल्लाबासीहरुसँग जिल्लाको समग्र विकास निर्माणका बारेमा छलफल गरेका छन् । भैरहवादेखि शुरु भएको प्यूठानीहरुसँगको भेटघाट कार्यक्रम बर्दियाको राजापुर पुगेर सम्पन्न भएको छ । भैरहवा, बुटवल, कपिलवस्तु, देउखुरी, लमही, घोराही, तुल्सीपुर, कोहोलपुर, नेपालगञ्ज र बर्दियाको गुलरिया, मधुवन र राजापुरमा रहेका प्यूठानीहरुसँग भेटघाट र छलफल गरिएको हो ।
बसाईसरेर र विभिन्न पेशा व्यवसायले गर्दा पुगेका प्यूठानीहरुले नेता थापासँग खुलेर जिल्लाको बारेमा चिन्ता र चासो व्यक्त गरे । भेटघाटका क्रममा नेता थापाले आफू जहाँ भएपनि मातृभूमीलाई कहिल्यै नबिर्सन सुझाए । ‘जन्मभूमीप्रतिको ऋण चुक्ता गरेर कहिल्यै सकिदैन्’,थापाले नेपालगञ्जमा आयोजित कार्यक्रममा भने,‘नेपालका जुनसुकै ठाउँमा बसेपनि आफू जन्मेको ठाउँलाई योगदान गर्न सकिन्छ । पार्टीको नियमित सम्पर्कमा बस्नुपर्दछ ।’
कार्यक्रममा सहभागी प्यूठानीहरुले निर्वाचनको सन्दर्भलाई पनि कोट्टाए । उनीहरुले प्यूठानबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीले अहिलेसम्म जनताको मनोभावना अनुसार काम गर्न नसकेको टिप्पणी गरे । अन्य पहाडी जिल्लाको तुलनामा प्यूठान विकासका दृष्टिकोणले अझैपनि पछाडी परेको उनीहरुको जोड थियो ।
मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा केन्द्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्नसक्ने र प्यूठानको भूगोल बुझेको नेता जनताको प्रतिनिधी भएर सत्तामा जानुपर्ने विभिन्न ठाउँमा सहभागी प्यूठानीहरुले नेता थापासँग धारणा राखे । केही दिनपछि नवलपुर र टिकापुरमा पनि कार्यक्रम गर्ने योजना रहेको नेता थापाले बताएका छन् ।
सम्पर्क मंच गठन
कार्यक्रम गरिएका सवै ठाउँमा नेकपा एमालेको सम्पर्क मंच समेत गठन गरिएको छ । पार्टीको नियमित गतिविधि र प्यूठानसँगको सामिप्यतालाई निकट बनाउन उक्त मंचले विशेष भूमिका निर्वाह गर्न नेता थापाले आग्रह गरेका छन् ।
रुपन्देहीमा विनोद गिरी, कपिलवस्तुमा मोहन बहादुर केसी, देउखुरीमा माधव पोखरेल, घोराहीमा नारायणप्रसाद अधिकारी अध्यक्ष र अधिवक्ता यादप खनाल सचिव भएका छन् । तुल्सीपुरमा नवराज सुवेदीको अध्यक्षमा मंच गठन भएको छ । बाँकेमा श्यामसुन्दर अधिकारीको संयोजकत्वमा २१ सदस्यीय, गुलरियामा केशव जिसीको संयोजकत्वमा ९ सदस्यीय, मधुवनमा केशव केसीको संयोजकत्वमा र राजापुरमा शिवमणी शर्माको संयोजकत्वमा ९ सदस्यीय सम्पर्क मंच गठन गरिएको छ ।
‘जन्मभूमीप्रतिको ऋण चुक्ता गरेर कहिल्यै सकिदैन्’,थापाले नेपालगञ्जमा आयोजित कार्यक्रममा भने,‘नेपालका जुनसुकै ठाउँमा बसेपनि आफू जन्मेको ठाउँलाई योगदान गर्न सकिन्छ । पार्टीको नियमित सम्पर्कमा बस्नुपर्दछ ।’