गुल्मी : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गुल्मीमा पर्यटक भित्रयाउने उदेश्यले छलफल गरिएको छ । भ्रमण वर्षमा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउनका लागि छलफल कार्यक्रमको आयोजना भएको जिल्ला सम्वन्य समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीले बताए । जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष समेत रहेका पराजुलीले जिल्लाका ऐतिहासिक धार्मिक एंव पर्यटकीय स्थलको पहिचान गरी पर्यटन प्रवद्र्धनका क्रियाकलाप अगाढी बढाउने उल्लेख गरे ।
जिल्लामा पहिलो पटक गठन भएको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिको वैठकले गुल्मीका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रको बारेमा छलफल गरेको हो । जिल्लामा रहेका पर्यटकीय एंव धार्मिक स्थल रेसुंगा, रिडी, शालिमेदह, सत्यवती, चन्द्रकोटमा रहेको झरना, मुसिकोटको मालिका मन्दिर, धुर्कोटको विचित्र गुँफा, मदानेको कंके देउराली, मालिकाको मालिका मन्दिर,मदाने लेक, मालिकाको लेकपोखरा, ईस्माकोट, धुर्कोट, छत्रकोटको चोयँगा, गुल्मी दरवारको चारपाला दरवार, रेसुंगा नगरपालिकाको रुख घर लगायत विभिन्न स्थलहरुको बारेमा छलफल गरिएको छ ।
जिल्लामा आउने पर्यटकलाई खाना, आवास र सत्कारमा जोड दिनुपर्ने कार्यक्रमका सहभागीहरुले बताए । आन्तरिक वा बाह्य पर्यटकलाई जिल्लाका पर्यटकीय स्थलमा घुम्न यातयातको भाडादर कायम गर्नुपर्ने लगायतका विषय वैठकमा छलफल भएको छ । पर्यटन प्रवद्र्धनका अन्य क्रियाकलाप प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालन गरिने निमित्त जिल्ला सम्वन्य अधिकारी चोलराज शर्माले जानकारी दिए ।