चुनावी कुराकानी :
रितबहादुर थापा
अध्यक्ष
मालिका गाउँपालिका, अर्खावाङ्ग गुल्मी
कुनैबेला दुर्गमको उपमा पाइरहेको गुल्मीको मालिका गाउँपालिका अहिले सुगमको बाटोमा लम्किदै गएको छ । साविकको गाविसहुँदा र अहिले गाउँपालिका हुँदा विकासको अन्तर धेरै फरक भएको छ । फराकिला बाटा छन्, घरघरै धारा छन्, खरका छाना फेरिएर जस्तापाताले रंगिएका छन्, गाउँ गाउँमा स्वास्थ्यचौकी बनेका छन् ।
विकासका पूर्वाधारहरु गाउँमै बनेका छन् । यो सवै सम्भव स्थानीय सरकार स्थापनापछि भएको हो । गाउँबासीले स्थानीय सरकारको अनूभूति पहिलो पटक गर्न पाए । जसको पाँच वर्षे कार्यकाल सकिनै थाल्यो । यो स्वर्णिय कार्यकालको मुल नेतृत्व गर्ने अवसर पाउनुभयो एमालेका पुराना नेता रितबहादुर थापाले । उहाँले गाउँपालिका अध्यक्ष बनेर पहिलो कार्यकाल सफल रुपमा पुरा गर्नुभयो । पहिलो कार्यकालमा राम्रो काम गरेकै कारण पार्टीले पुनः उहाँलाई दोहो¥याउने निर्णय अनुसार उमेदवारी दर्ता गर्नुभएको छ । फेरी अध्यक्षमै किन उठ्नुप¥यो ? पहिलोपटक जनप्रतिनिधी बनेर जनताको बीचमा पुग्दा काम गर्दाको अनूभुति कस्तो भयो ? समस्या, चुनौती के के खेप्नुप¥यो ? नयाँ जनप्रतिनिधीलाई के सुझाव छ ? लगाएत विषयमा बुटवल टुडेकर्मी केशरराज क्षेत्रीले थापासँग गरेको कुराकानीको सारसंक्षप :
पाँच वर्षे कार्यकाललाई कसरी समिक्षा गर्नुहुन्छ ?
स्थानीय निर्वाचनको समयमा जनता समक्ष प्रतिबद्धता गरिएका धेरै योजना तथा कार्यक्रमहरु कार्यान्वयन गरिको हुँदा समग्रमा सफल कार्यकाल नै भएको महशुस गरेको छु । सिमित स्रोत साधनको बीचमा पनि हामी गाउँबासीको इच्छा, आवश्यकतालाई पुरा गरेका छौँ । यद्यपी यसको मुल्यांकन आम मालिकाबासी नागरिकले गर्नुहुनेनै छ ।
फेरी उठ्दै हुनुहुन्छ ? किन दोहोरिन चाहानुभयो ?
पार्टीले तपाईको पूनः एक कार्यकाल गाउँपालिकाको समग्र विकासमा योगदान चाहिन्छ भनेपछि मैले दोस्रो कार्यकालका लागि उमेदवारी दिएको हुँ । हामीले पहिलो कार्यकालमा गरेका धेरैजसो प्रतिवद्धताहरु पुरा गरेका छौँ । नागरिकहरुले विकासको अनूभुति गर्नेगरी काम भएका छन् । सिमित स्रोत र साधनको बीचमा पनि हामीले जनताका आशा एवं अपेक्षाहरु पुरा गर्न सफल भयौँ । तर, यति हुँदाहुँदै पनि केही गर्न चाहेका र गर्दागर्दै अँधुरा भएका योजनाहरु छन्, ती सवै योजनाहरु पुरा गर्नेगरी मेरो उम्मेदवारी हो । विभिन्न चुनौतीका बीचमा हामीले गाउँपालिकाको प्र्रशासनिक भवन निर्माणको काम थालेका छौँ । त्यसलाई पुरा गर्नुछ । घरघरमा पानीका धारा पु¥याउने योजना लगाएतका केही महत्वपूर्ण कामहरु पुरा गर्नुपर्ने दायित्व छ । आम मालिकाबासी नागरिकहरुको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्नका लागि मेरो दोस्रो कार्यकालका लागि उमेदवारी हो । आशा छ मालिकाबासी जनसुमदायले हाम्रो विजयीलाई सुनिश्चित गराइदिनुहुनेछ ।
फेरी के का लागि हजुरलाई मालिकाबासीले मतदान गर्ने ?
मुख्यतः मेरो पहिलो कार्यकालमा निर्माणधिन तथा सञ्चालित महत्वपूर्ण योजनाहरुको कार्यान्वयन र निरन्तरताको लागि पनि मेरो महत्वपुर्ण भुमिका हुनेछ । संगसंगै मैले यो ५ वर्षमा मालिकावासी नागरिको लागि गरेका क्रियाकलाप तथा नागरिक स्तरमा प्रदान गरिएको सेवा पनि महत्वपूर्ण नै हुनेछ । त्यो भन्दा थप गाउँपालिका भित्रबाट वैदेशिक रोजगारमा जानुभएका यूवा यूवातीहरुलाई स्थानीय स्तरमा आर्थिक आय आर्जनसँग जोडिने क्रियाकलापमा संलग्न गर्ने, स्थानीय स्तरमै लगानीमैत्री वातरवरण सृजना गरि आत्मनिर्भर गराउने मेरो उदेश्य रहेको छ । अन्तराष्ट्रिय मापदण्डको खेलमैदान निर्माण गरि खेल सञ्चालन गर्ने, गाउँपालिकाको वडा नं ४ बाट नियमित प्याराग्लाईडिङ उडान भर्ने काम, साहासिक खेल (बन्जिजम्प), पूल निर्माण गरि सञ्चालन गर्ने, औधोगीक ग्रामको स्थापना गरि विभिन्न उद्योग सञ्चालन गर्ने, मालिका ट्रेकिङ्ग रुट निर्माण गर्ने जस्ता काम गरि आन्तरिक पर्यटकलाई धेरै भन्दा धैरे भित्रयाएर आर्थिक रुपमा सक्षम बन्ने मेरो केही थप कार्ययोजनाहरु छन् । यी सपनाहरु पुरा गर्नका लागि पनि मालिकाबासीले मलाई पूनः रोज्नुहुने छ भन्ने मेरो दाबी हो ।
पाँच वर्षको अवधिमा बढी के मा केन्द्रित हुनुभयो ?
मुख्यतः मेरो यो ५ वर्षे कार्यकाल मालिकाबासी नागरिकले यस स्थानीय सरकारबाट प्रदान गरिने सेवालाई सहज गरि आम नागरिको घरदैलोमा सरकार रहेको अनुभूती गराउनमै केन्द्रित रह्यो । जसअनुसार सडक पूर्वाधार, स्वच्छ खानेपानी, गुण्स्तरीय शिक्षा र स्वास्थ्य, सेवा प्रवाह र शुसासनमा बढि केन्द्रित भयौँ । मालिकाबासी आम नागरिकहरुले अहिले विकासको स्वाद चाखिरहनुभएको छ । विकासको दृष्टिकोणले हेर्दा त्यो बेलाको मालिका र यो बेलाको मालिकामा धेरै अन्तर आएको हामीले महशुस गरेका छौँ, जनताले पनि महशुस अवश्य गर्नुभएकै होला ।
अरु स्थानीय तहले भन्दा मालिका गाउँपालिकाले फरक के काम ग¥यो ?
हामीले ७७ दशमलव २ किलोमिटर लामो मालिका रिङ्गरोडको ट्रयाक खोली सवारीसाधन सञ्चालन गरेका छौ । यो मालिकाको गौरबको आयोजना पनि हो । सुरक्षित प्रसुुती सेवाको लागि सम्पूर्ण वडा तहमा रहेको स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर स्थापना गरि गाउँपालिकालाई “घरमा शुन्य प्रसुती’’ घोषणा गरेका छौँ । यो जिल्लाभरमै पहिलो पटक घोषणा गरिएको हो । गाउँपालिका भित्र सहेका सवै महिलाहरुलाई सहकारीमा आबद्ध गरि लक्षित कार्यक्रम सहकारी मार्फत गरेका छौँ । गाँउपालिका भित्र साना उद्यम गर्न चाहाने साना उद्यमीहरुलाई सात लाख रुपैयाँसम्म बिना व्याज कर्जा उपलब्ध गराएका छौँ । प्रतिफलमा आधारित अनुदान कार्यक्रम मार्फत कृषि तथा मासुजन्य वस्तु विक्रि वितरणमा सम्पूर्ण कृषकहरुलाई उत्पादनमा आधारित रही अनुदान उपलब्ध गराएका छौँ । जि.आई.एस. प्रविधि मार्फत गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण गरेका छौँ । डिजिटल घर नम्बर र परिचय पत्र उपलब्ध गराउने कार्य गरेका छाँै । गाउँपालिका भित्रको पर्यटकीय सम्भावनालाई आँैलाउदै साहासिक खेल प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरि मौसम अनुसार उडान गर्ने गरेका छौ । हाम्रा यी कामहरु अन्यत्र पालिकाको तुलनामा धेरै सम्झनालायक र फरक काम हुन् ।
काम गर्दा लागेको सवैभन्दा सन्तुष्टिको विषय के हो ?
गाउँपालिका भित्रका करिब १ हजार ५ सय घरपरिवारहरु विभिन्न कारण असुरक्षित रुपले बसोवास गर्दै आउनु भएकालाई हामी जस्तापाता उपलब्ध गराई खरका छाना मूक्त गरि सुरक्षित आवास निर्माण गरेका छौँ । स्थानीय स्तरका स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टरको अभाव हुँदा सुत्केरी महिलालाई डोकोमा राखेर जिल्ला सदसमुकासम्म लैजाने परिस्थितिलाई अन्त्य गरेका छौँ । गाउँपालिका भित्र रहेका सवै वडाका स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर स्थापना भएका छन् । ठुलो भुगोल तथा भौगलिक विकटतालाई मध्यनजर गरेर थप तीन वडा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि स्वास्थ्य सेवा विस्तार गरियो । सुत्केरी महिलालाई निःशुल्क एम्वुलेन्स सेवा, पोषण तथा न्यानो झोला वितरण गर्ने कार्य नियमित रुपले गरेका छौँ । सम्पूर्ण महिला दिदिबहिनीहरुलाई सहकारीमा आबद्ध गरि आर्थिक उत्पादन संग जोड्ने कार्य गरेका छौँ । वडा नम्वर ७ स्थित सिलादीमा लामो समयदेखि बसोवास गर्दै आएका १३ घर परिवार सुकुम्वासी र गाउँपालिका भित्र सडक विस्तार गर्दा घर पूर्णरुपले क्षति भएका विपन्न परिवारलाई लालपुर्जा विरतरण गरि आवास निर्माण गरिरहेका छौँ । लामो समयदेखि आँखा नदेख्ने तथा मोतिबिन्दु भएका १३७ जना विरामीको आँखा उपचार तथा अप्रेशन गरि हाल पूर्ण रुपले आँखा देख्नुहुन्छ । कामहरु धेरै भएका छन् । तरपनि यी कामहरु हाम्रो कार्यकालका लागि बढी सम्झनालायक काम हुन् भन्ने लाग्छ ।
;
संघीयता कार्यान्वयनको पहिलो अभ्यासमा गाउँपालिकाले भोग्नु परेका समस्याहरु के के हुन् ?
कार्यालय सञ्चालनको लागि भौतिक पूर्वाधारको अभाव, कर्मचारीको अभाव, सम्पुर्ण कार्य गर्दा ऐन, कानून, कार्यविधी, निर्देशिका तथा नियमावली बनाउनुपर्ने बाध्यता, सञ्चार तथा विद्युतको अभाव, दक्ष जनशक्तिको अभाव हाम्रा लागि चुनौतीका विषय थिए । हामी पहिलो कार्यकालको जनप्रतिनिधी भएकाले पनि यी चुनौतीहरु राम्रैसँग झेल्नुप¥यो । जति चुनौती भएपनि त्यसलाई समाधान गरेर अघि नबढ्नुको विकल्प पनि हामीसँग थिएन् । अहिले धेरै समस्या र चुनौती समाधान भएका छन् ।
तपाईले चाहेको तर गर्न नपाएका कामहरु के के हुन् ?
पाँच वर्ष भित्र प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने मेरो उदेश्य थियो तर यो विभिन्न कारणले अझै करिब २५ प्रतिशत घर परिवारसम्म पानी पु¥याउन सकिएको छैन । यद्यपी ती छुट घर परिवारको लागि पानी उपलब्ध गराउनको लागि आवश्यक योजना कार्यान्वयनको चरणमा नै छ । सैरेपोखरा खेलमैदान निर्माणधीन अवस्थामा छ । उक्त खेल मैदानलाई पूर्णता दिन सकिएको छैन । निर्माणधिन गाउँपालिकाको प्रशासकीय भवन र पिसपार्क मेरो कार्यकालभित्र सम्पन्न गर्ने लक्ष्य भएतापनि पूर्णता दिन सकिएको छैन । त्यसैगरि स्थानीय मदिरा कोदो तथा खुर्पानीको मदिरा उत्पादन, ब्राण्डिङ तथा विक्रि वितरण गर्ने योजना स्वरुप सो सम्बन्धी ऐन तथा नियमावली त तयार ग¥यौँ तर त्यसको कार्यान्वयन गर्न सकेका छैनौँ । उक्त ऐन बमोजिम स्थानीय स्तरमा उत्पादन गर्नसके मालिकावासीको आर्थिक बृद्धीदरमा उल्लेखनिय विकास हुने आशा थियो । हामी यी कामहरु एक दिन अवश्य पुरा गरेरै छाड्ने छौँ । - साभार: बुटवल टुडे