माण्डवी (प्यूठान) : ०७४ सालको स्थानीय तह निर्वाचनमा श्रीधर रोका माण्डवी गाउँपालिका अध्यक्ष उमेदवार बन्दा जित्ने अनुमान कसैले गरेनन् । त्यसबेला उनी ३० वर्षका थिए । भर्खरको केटाले के चुनाव जित्लान भनेर बजारमा चर्चा सुनिन्थ्यो । त्यसबेला यूवासंघको राजनीतिमा सक्रिय रोकालाई गाउँपालिका अध्यक्ष उमेदवार बनाउने नेकपा एमालेले निर्णय गरेपछि यूवापंक्तिमा उत्साह छायो । उनले चुनाव जिते ।
रोकाले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेदवार नमराज अधिकारी (रोशन)लाई १२ मतको अन्तरले पछिपार्दै विजयी हात पारे । उनले १ हजार ७ सय ५३ र अधिकारीले १ हजार ७ सय ४१ मत लिए । तर, एमालेकै तर्फबाट उपाध्यक्ष उमेदवार बनेकी सम्झना घर्ती पराजय भइन् । उनी र माओवादी केन्द्रबाट विजयी भएकी मुगा पुन मगरको मतान्तर ६६ भयो । मुगाले १ हजार ८ सय ३५ र सम्झनाले १ हजार ७ सय ६९ मत पाइन् ।
अहिले माण्डवीमा गाउँपालिका अध्यक्ष एमाले र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका छन् । फरक पार्टीबाट नेतृत्व भएपनि गाउँपालिकाको समग्र विकासमा पक्षपात छैन् । यूवाअवस्थामै गाउँपालिकाको नेतृत्व सम्हाल्ने अवसर पाएका रोकाले जिल्लामै विवादरहित काम गरेर उदाहरणीय जनप्रतिनिधीमा दर्ज भए ।
काम गर्दा विपक्षीलाई पनि मिलाएर लैजाने र जनताको माग अनुसार विकास केन्द्रित गर्ने उनीसँग सिक्नलायक पाठ हो । रोका अहिले ३५ वर्षका भए । अझैपनि उनमा केही गरौँ भन्ने सोँच छ । अँधुरा कामलाई पूर्णता दिने र माण्डवीबासीको खुसीका लागि एक कार्यकाल पूनः दोहोरिएर काम गर्नपर्छ भन्ने माग माण्डवीबासीले गरे ।
रोकालाई एमाले माण्डवी गाउँपालिकाले एक कार्यकाल पूनः दोहो¥याउने निर्णय गरेको छ । गाउँपालिका संगठन कमिटीले अध्यक्षमा उनको मात्र नाम अध्यक्षका लागि सिफारिस गरेको छ । त्यसको निर्णय जिल्ला कमिटीले गर्नेछ । तर, उपाध्यक्षमा एमाले जिल्ला कमिटी सदस्य एवं पूर्व उपाध्यक्ष उमेदवार सम्झना घर्ती र एमाले माण्डवी गाउँपालिका उपसचिव सरिता थापाको नाम सिफारिस भएको छ ।
गाउँपालिका अध्यक्ष पदका उमेदवार श्रीधर अहिले नेकपा एमाले प्यूठानको उपसचिव छन् । गाउँपालिकामा गरेको कामको लोकप्रियताकै कारण उनी एमाले प्यूठानको जिल्ला अधिवेशनबाट भारी मतले विजयी भएका हुन् ।
गाउँपालिका गाडी चढ्दैन, सेवा सुविधा दिनदुखीको उपचारमा खर्च गर्छु : रोका
पूनः गाउँपालिका अध्यक्ष उमेदवार बनेका रोकाले अवको कार्यकालमा गाउँपालिका गाडी नढ्ने उद्घोष गरेका छन् । आफूले पाउने सेवा सुविधा बापतको रकम गाउँपालिकामा रहेका दुःखी पीडितको उपचारमा सहयोग गर्ने समेत उनले प्रतिवद्धता सुनाए । ‘गाउँपालिकाको बजेटबाट पनि असहायलाई सहयोग नभएको होइन’,उनले भने,‘तर, हामीले पनि पाएको रकम पीडितलाई सहयोग गर्नुपर्छ भन्ने प्रतिवद्धता हो ।’
जिल्लाका केही स्थानीय तहमा जनप्रतिनिधी कर्मचारीबीच तालमेल नहुँदा विकासले गति लिन सकेको छैन् । तर, जनप्रतिनिधी र कर्मचारीहरुको क्षेत्राधिकारको बारेमा कहिल्यै हस्तक्षेप नगरेकै कारण माण्डवीमा दुई जना प्रमुख प्रशासकीयको सेवा अवधिबाटै पाँच वर्षे कार्यकाल सकिएको छ । यसले पनि उनी गाउँपालिकामा विवादरहित छन् भन्ने देखाउँछ ।
जनताको मन जितेका माण्डवीका कार्यक्रम
- १ हजार ५ सय घरधुरीमा खानेपानी ।
- १ हजार १ सय घर खरका छानामूक्त ।
- ७ सय घरधुरीलाई निःशुल्क मिटरबस्क ।
- २० यूनिटसम्म विद्युत्त महशुस निःशुल्क ।
- गर्भवती र सुत्केकरी महिलालाई निःशुल्क एम्बुलेन्स ।
- शहिद परिवारलाई मासिक भत्ता ।
- ब्राह्णराज्य उदयपुरकोट दरबार निर्माण ।
- दाङको बंगाचुलीलाई बरावरी स्वामित्व हुनेगरी पूर्वाधार निर्माण ।
- कृषि करीडोर निर्माण ।
- १५ शैँयाको अस्पताल निर्माण ।
- तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई निर्माण ।
- रम्दीमा बागेश्वरी मावी स्थापना ।
- दुर्गम गाउँहरुका विद्यालयको कक्षा स्तरोन्नती ।
- नीजि शिक्षक हटाएर गाउँपालिकाबाट दरवन्दीका शिक्षक भर्ना ।
- सवै गाउँबस्तीमा सडक ।