स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ शहरको माहोल तातेको छ । पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् । निर्वाचनको यस क्षणमा हामी संवेदनशिल भएनौँ भने गाउँठाउँको विकास पछि धकेलिन्छ । गतिलो प्रतिनिधी नहुँदा त्यसको असर यूगौँयूगौसम्म पर्छ ।
झिमरुक गाउँपालिका आफैँमा संभावनै संभावना बोकेको क्षेत्र हो । पर्यटन, कृषि, साँस्कृतिक, खनिद पर्दाथ लगाएतले झिमरुक प्रचुर संभावना भएको पालिका हो । तर, संभावना भएरपनि ओझेलमा परेको पालिका यही हो । गाउँपालिकाभित्र भएका सचेत नागरिकहरु समृद्ध पालिका बनानका लागि जुट्नुपर्छ । विकासमा राजनीतिक पूर्वाग्राह गर्नुहुँदैन् । संकुचित सोँचले विकास कहिल्यै पनि हुँदैन् । यसर्थ: आशन्न स्थानीय तह निर्वाचनमा मेरा केही सुझाव छन् ।
अध्ययन, अध्यापन र व्यवसायिक दौरानका क्रममा म गाउँमा निरन्तर नबसेपनि विभिन्न खाले सामाजिक, शैक्षिक, राजनीतिक समग्र जिल्ला भित्र हुने सृजनात्मक अभियानमा चासो र सरोकार राख्ने व्यक्ति हुनुको नाताले समग्र प्यूठान सँगै झिमरुक क्षेत्रको गुरुयोजना निर्माणका लागि मेरा केही मतहरू हुन् ।
मुलत: शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै युवा, विध्यार्थी र महिलालाई स्वरोजगार बनाउने, पूर्बाधार बिकास, खानेपानी, सिंचाइ, सूचना प्रविधिमा सहज र सरल पहुँच निर्माण, भविष्यमा हुनसक्ने संम्भावित महामारीवाट बँच्ने उपाय अबलम्बन गर्दै सो कार्यका लागि नीति निर्माण गर्ने, बिकाशका लागी योजनाको उचित पहिचान, बिकास निर्माणका कार्यमा समान वितरण प्रणाली, हरेक चरणमा लाभग्राही नागरिक र समुदायको निर्णायक सहभागिता रहने खालको सहभागीतामुलक बिकास अनि सर्वस्वीकार्य, समपहँुच र समन्यायिक तथा निर्विकल्प उपायका रुपमा चुस्त बनाउँदै अगाडी बढ्न सके समग्र झिमरुक क्षेत्रले निकट भविष्यमै काँचुली फेर्नेमा म बिशवस्त छु । यसका लागि नीति र नेतृत्व सबल र सक्षम हुनुपर्दछ ।
कृषि
१) परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने ।
२) निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिमा परिणत गर्ने ।
३) आधुनिक प्रविधिमा आधारित खेतीप्रणालीको बिकास गर्ने साथै माटो र हावापानी सुहाउँदो कृषिका लागी बिज्ञवाट अध्ययन गरि सोही अनुसार गर्ने ।
४) सिंचाइ, मलखाद, आधुनिक औजार, उचित बजार, कृषक तालिम, उन्नत बिउबिजन अनुदान, कृषकका लागि सहज र सरल ऋण, उचित भण्डारण, कृषि उद्यमीलाई प्रोत्साहन ।
५) तरकारी, फलफूल, दूध र मासुमा आत्मनिर्भर बनाउने अभियान संचालन गर्नसकेमा पक्कै पनि गरिबी निवारणमा टेवा पुग्ने छ । खाद्यसुरक्षा, निर्यात बढ्ने आयत घट्ने, स्वस्थता निरोगिता, आत्मनिर्भरता, कृषिमा नयाँनयाँ अनुसन्धानको शुरुवात गर्नसके रोजगारीको अवसरमा पक्कै पनि वृद्धि हुनेछ ।
शिक्षा
१) शिक्षा बिकासको मेरुदण्ड हो । यसको बिकासका निम्ती यथेष्ट बजेट विनियोजन गरि विद्यालयको भौतिक पूर्वाधार, शौचालय, स्वच्छ पिउनेपानी, उपयुक्त खेलमैदान, वालमैत्री कक्षाकोठा, आधुनिक प्रयोगशाला निर्माण गर्ने ।
३) अनलाइन कक्षा व्यवस्थापन, बैज्ञानिक परिक्षा र मुल्यांकन प्रणाली, राजनीतिक प्रभाव बिहिन व्यवस्थापन, खुल्ला र निष्पक्ष बिज्ञापन, अनिवार्य र नि:शुल्क शिक्षाको कार्यान्वयन, प्रतिस्पर्धात्मक र व्यवहारिक शिक्षामा जोड ।
३) स्थानीय कला, संस्कृति, साहित्य, प्रकृति, हावापानी, पर्यटन, इतिहास र संभावनाको जानकारीका निम्ति स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन ।
४) स्थानीय क्याम्पसको शैक्षिक र व्यवस्थापकीय पक्षको गुणस्तर वृद्धि गर्दै कृषि , होटेल ब्यबस्थापन, कम्प्युटर, संगीत जस्ता बिषय थप गर्ने ।
५) शिक्षक र अभिभावकलाई समय सापेक्ष तालिम प्रदान गर्दै संस्कारयुक्त शिक्षामा विशेष जोड दिँदै गए पक्कै पनि शिक्षामा उच्च सफलता प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ ।
पर्यटन
१) कुनै पनि ठाउँको आर्थिक एवं अन्य विकासका लागि पर्यटन व्यावसाय मेरुदण्ड बनेको हुन्छ । त्यसैमा हाम्रो झिमरुक क्षेत्र आन्तरिक तथा बाह्य पर्यटका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । हाल केही योजनाहरू अगाडि बढे पनि समग्र पर्यटन व्यावसायलाई चलायमान बनाउन उचित भौतिक पूर्वाधार निर्माण, हिल स्टेसन, रक गार्डेन, प्याराग्लाइडिङ, साइकिलिङ सेवा सुचारु गर्ने ।
२) स्थानीय मौलिक लोक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिका लागि तालिम तथा सामग्रीको व्यवस्थापन ।
३) पर्यटकको लागि स्थानीय अर्गानिक खानाका परिकार तथा मौलिक पहिचान झल्कने माँयाको चिनो निर्माणका लागि तालिमको व्यवस्था गर्ने । यसका लागि सरकारी, स्थानीय जनता तथा नीजि क्षेत्रको सामूहिक लगानीमा यी परियोजना सञ्चालन गर्ने ।
स्वास्थ्य
१) स्वास्थ्य नै धन हो । आम जनताको सुरक्षित जीवनका लागि सर्वसुलभ, गुणस्तरीय एवं सहज स्वास्थ्य सेवा प्रदान गर्ने त्यसको लागि भौतिक पूर्वाधार, दक्ष जनशक्ति एवं अत्याधुनिक उपकरणको ब्यबस्थापन गर्ने ।
२) बयोबृद्द, अशक्त तथा सुत्केरीलाई घर घरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने ।