सरुमारानी (प्यूठान) : एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन प्यूठानको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सवनम मियाँ निर्विरोध निर्वाचित भएका छन् । सरुमारानी गाउँपालिकामा वडा नं १ मा अवस्थित फैजुल इस्लाम मदरसाको प्राङ्गणमा आयोजित अधिवेशनमा मियाँको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा महम्मद अलि, सचिव मिरा खातुन, कोषाध्यक्ष खलिम मियाँ, सहसचिव ग्यासदिन मियाँ, सहसचिव अजिम मियाँ चयन भएका छन् । सदस्यहरुमा मकबुल मियाँ, खुसदिन मियाँ, सफिउल्ला हलुवाई, अजबिरन मियाँ, कलिम मियाँ, खबिरन मियाँ, सरिफ अलि, महबुब अलि, केतबुरन मियाँ, इब्राहिम मियाँ तथा बेगम निशा सर्वसम्मत निर्वाचित भएका छन्। ४ जना सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष मियाँले जानकारी गराए ।
अधिवेशनको उद्दघाटन् नेकपा एमाले पोलिटब्युरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले गरेका थिए । सबै जातजाती धर्म संस्कृतिको सम्मान गर्ने पार्टी एमाले भएको थापाले बताए । स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने गरि लाग्न थापाले सुझाए । अधिवेशनमा मुस्लिम धर्म संस्कृति संरक्षणमा योगदान पुर्याए वापत स्थानीय मुस्लिम धार्मिक अगुवा बशिर मियाँ (क), बशिर मियाँ (ख) लाई दोसल्ला ओढाई कदर–पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा एमाले केन्द्रिय सदस्य तथा प्यूठान सह इन्चार्ज हरि प्रसाद रिजाल, संविधान सभा सदस्य धनबहादुर रायमाझी, पार्टी नीति अध्ययन प्रतिष्ठानका सदस्य तथा पूर्व राजदूत अजय शर्मा, एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट, उपाध्यक्ष झग बहादुर विश्वकर्मा, जिल्ला कमिटी सदस्य मोहम्मद हलिम हलुवाई लगायतका नेताहरु सहभागी भएका थिए । मर्सदिन मियाँको स्वागत मन्तव्य, जितमान मियाँको अध्यक्षतामा सम्पन्न अधिवेशन कार्यक्रमको सञ्चालन इत्तेहाद इन्चार्ज प्यार अलि खाँनले गरेका थिए।