स्वर्गद्धारी (प्यूठान) : नेकपा एमाले प्यूठानको दोस्रो पूर्ण बैठक धार्मिक एवं पवित्र तिर्थस्थल स्वर्गद्धारीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको सचिव माधव शर्मा पौडेलले जानकारी गराए । बैठकले १० वटा विभिन्न विभागहरुको गठन गर्दै कार्य विभाजन समेत गरेको छ ।
यी हुन् विभागीय प्रमुख
पार्टी स्कूल विभाग प्रमुख : बिजयविराज बिष्ट (अध्यक्ष)
संगठन विभाग प्रमुख : माधव शर्मा पौडेल (सचिव)
आर्थिक विभाग प्रमुख : झग बहादुर विश्वकर्मा (उपाध्यक्ष)
स्थानीय विभाग प्रमुख: श्रीधर रोका (उपसचिव)
प्रचार विभाग प्रमुख: दीपा घर्ति (उपसचिव)
युवा तथा खेलकुद: ईश्वर कुमार थापा
सहकारी तथा गरिबी निवारण: नारायणी पौडेल
निर्वाचन विभाग : पशुपति नारायण नकर्मी
शिक्षा तथा मानव स्रोत: प्रमोद खड्का
स्वास्थ्य तथा जनसंख्याः घनश्याम पोख्रेल
मोर्चा तर्फ :
अनेम संघ: ज्ञानु माया केसी
अखिल नेपाल किसान संघ: नेहरसिंह केसी
नेपाल ट्रेड युनियन: सन्देश आचार्य
राष्ट्रिय युवा संघ नेपाल: सुरज रोका
अनेरास्ववियू: प्रमोद खड्का
नेपाल उत्पीडित जाति मुक्ति मोर्चा: राजेन्द्र गौतम
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ: डिल बहादुर थापा
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ: बालाजु श्रेष्ठ
प्रेस चौतारी: गिरुप्रसाद भण्डारी
नेपाल भूमिहिन सुकुम्बासी संगठन: टंक बहादुर जिसी
मानव अधिकार तथा सामाजिक न्याय: पार्वता आचार्य
नेपाल मुस्लिम ईत्तहाद: प्यार अलि खाँन
नेपाल खेलकुद महासंघ: प्रनिर अधिकारी
पेशागत महासँगठनः घनश्याम पोख्रेल
नेपाल बुद्धिजिबी परिषद: तिलक हमाल
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन: मान बहादुर थापा
रिटर्नी फेडेरेसन नेपाल: सन्तोष कुमार वि.क
बैठकले फागुन १६ देखि २९ गतेसम्म स्थानीय निर्वाचन अभिमुखीकरण कार्यक्रम तय गरेको पार्टीका उपाध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिए । ‘जिल्लाका ९ वटै पालिकामा अभिमुखीकरण कार्यक्रम गर्ने योजना बनेको छ’,उनले भने, ‘कार्यक्रममा जिल्ला कमिटी, पालिका कमिटी, जनवर्गीय संगठनहरु परिचालित हुनेछन् ।’
गठवन्धन सरकारले स्वर्गद्वारीको विकास बजेट कटौती गरेकोमा बैठकबाट आपत्ती जनाइएको छ । स्वर्गद्वारीको भौतिक पूर्वाधार तर्फ तात्कालीन लुम्बिनी एमाले नेतृत्व सरकारले ३ करोड बजेट विनियोजन गरेकोमा वर्तमान सरकारले २ करोड ६० लाख बजेट कटौती गरी मात्र ४० लाख बजेट विनियोजन गरेको छ ।
स्वर्गद्वारी परिक्रमा मार्गको लागि तात्कालिन एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको १ करोड बजेट हालको गठबन्धन सरकारले पुरै कटौती गरेकोप्रति एमाले बैठकले आपत्ती जनाएको छ । भिंग्री–स्वर्गद्वारी सडक खण्डमा रहेको भिंग्रीकोट धर्मशालामा पर्यटकीय पोखरी निर्माणका लागि विनियोजन गरेको ४० लाख बजेट कटौती गरी मात्र अहिलेको सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको पार्टी अध्यक्ष बिजय विराज बिष्टले बताए ।
बैठकलाई सम्वोधन गर्दै पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले भने, ‘स्वर्गद्वारीको समग्र विकासको लागि एमाले प्रतिबद्ध छ । यहाँको पर्यटन प्रवद्र्धनमा एमालेको जिल्लादेखि केन्द्रिय नेतृत्वतहबाट आवश्यक पहलकदमी हुँदै आएको छ ।’ सिंगो पार्टी तथा जनसंगठनलाई जनताका घरघरमा केन्द्रित गर्दै कुल मतदाताको ५१ प्रतिशत मत हासिल गर्ने गरी अवको निर्वाचनमा लाग्ने समेत उनले सुनाए ।
स्थायी कमिटी सदस्य मणीचन्द्र थापाले पार्टी भित्रको आन्तरिक संघर्ष मुख्य कुरा नभई बाहिरी आक्रमणलाई केन्द्रित गरी लाग्ने बेला आएको बताए । एमसिसिको नाममा माओवादी केन्द्रको नक्कली राष्ट्रबाद छताछुल्ल भएको समेत उनले बताए । एमाले मात्रै राष्ट्रबादी पार्टी भएको जिकिर गर्दै थापाले भने, ‘हामी देश बनाउने महाअभियानमा दुर्तगतीमा काम गर्दैथियौं तर बीचमा देशी विदेशीहरूको षड्यन्त्रका साथ सरकार ढालियो । समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने कार्यभार एमालेकै काँधमा रहेकाले आगामी तीनै तहको निर्वाचनमा स्पष्ट बहुमत दिन आग्रह गर्दै नेपाली जनतामा जाने उनले बताए ।
बैठकले जिल्लाका ६४ वटै वार्ड हेर्ने गरी जिल्ला कमिटी सदस्यहरुलाई जिम्मेवारी दिएको छ । बैठकले २९ सदस्यीय जिल्ला सचिवालय कमिटी समेत गठन गरेको छ ।