झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिकामा नवनिर्मित खोप क्लिनिक भवन उद्घाटन गरिएको छ । भवन शुक्रवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले उद्घाटन गरे । उनले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनु सरकारको पहिलो प्राथमिकता रहेको सुनाए । झिमरुक गाउँपालिका भित्रका सबै वडाका आम नागरिकलाई जतिसक्दो छिटो सरल र सहज रूपमा स्वास्थ्य उपचार पहुँचमा ल्याउन लागिपरेको उनको भनाई छ ।
आठ वटै वडामा जनताले आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनाउने तर्फ गाउँपालिका अग्रसर भएको उनले सुनाए । पालिकाको आफ्नै स्रोतबाट ब्यवस्थापन हुने गरि भएपनि जनशक्ति व्यवस्था मार्फत जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन गाउँपालिकाले आवश्यक पहल गर्ने उनको जोड छ ।
क्लिनिक भवन निर्माण गर्न आर्थिक वर्ष २०७६÷७७ मा ३ लाख ५० हजार जनश्रमदान ३७ हजार रकम बिनियोजन भएको थियो । त्यस्तै, आ.ब. २०७७÷०७८ मा ७० हजार गाउँपालिकाबाट बिनियोजन भएकोमा जनश्रदान ७ हजार गरि कुल रकम ४ लाख ६९ हजार लागतबाट नवनिर्मित खोप क्लिनिक भवन निर्माण गरिएको हो ।
नवनिर्मित खोप क्लिनिकबाट खोप सेवा आमा समुहको बैठक सुत्केरी स्याहार कार्यक्रम मासिक रुपमा गरिने स्वस्थ्य सम्बन्धि सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा गर्न सहजता भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले बताए । स्थानीयवासीले स्वास्थ्य सेवा लिन गाउँदेखि टाढा धाउनुपर्ने बाध्यता हटेपछि गाउँबासी हर्षित छन् ।
चौरासी पुँजा नगरेर जग्गा दान
स्थानीय लक्ष्मी कुमारी श्रेष्ठले आफ्नो चौरासी पुँजाको खर्च नगरेर नवनिर्मित खोप क्लिनिकको लागि एक रोपनी जग्गा दान दिएकी थिइन् । स्थानीय चलनचल्ती अनुसार उक्त जग्गाको मूल्य २० लाख रुपैयाँ पर्ने जग्गा आ.ब.२०७६÷७७ मा खोप क्लिनिकको नाममा पास गरिदिएको जग्गा दाता लक्ष्मी कुमारी श्रेष्ठले बताइन् । चौरासी गरेर फजुल खर्च गर्नुभन्दा दिर्घकालिन रुपमा सबैलाई फाईदा हुने सामाजिक काम गर्नु उचित ठानेर खोप क्लिनिक भवन बनाउने जग्गा दान गरेको श्रेष्ठको भनाइ छ ।
अक्षयकोष स्थापना
नवनिर्मित खोप क्लिनिक भवन उद्घाटन कार्यक्रमको अबसर पारेर भुवनलाल श्रेष्ठ र पत्नी साबित्रा श्रेष्ठले बुबाको सम्झनामा अक्षयकोष स्थापना गरेका छन् । जग्गा दाता लक्ष्मी कुमारी श्रेष्ठको काइलो छोरा हाल जापान बस्दै आएका भुवनलाल श्रेष्ठ र पत्नी साबित्रा श्रेष्ठले आफ्नो बुबाको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन् ।
पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य प्रर्वद्धन र पोषणमा सहयोग हुने गरि १ लाख १ हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोष रकमको चेक श्रेष्ठ परिवारले वडा अध्यक्ष निमानसिंह जिसीलाई हस्तान्तरण गरे । अक्षयकोषको कार्यविधि बनाएर त्यसको ब्याँजबाट बालबालिकाको क्षेत्रमा खर्च गरिने वडा अध्यक्ष जिसीले बताए । कार्यक्रममा जग्गादाता लक्ष्मी कुमारी श्रेष्ठ र समाजसेवी देवा केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख सुमित्रा थापाले अतिथीहरुलाई स्वागत गरिन् ।