बुटवल : बुटवलको व्यस्त बजार मिलनचोक । घरैघरले भरिएको बस्ती । साँघुरा गल्ली र अव्यवस्थित बसोवासले साँघुरिएको बुटवल ९ स्थित मिलनचोकको एक क्लबमा शुक्रवार दिउँसो आगलागी भयो । बुटवलकै मुटु मानिने यस क्षेत्रमा लागेको आगो घण्टौसम्म पनि नियन्त्रण हुन् सकेन् । कारण थियो, साँघुरो सडक ।
.jpg)
बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका, सैनामैना नगरपालिका र लुम्विनी साँस्कृतिक नगरपालिकाका गरी चारवटा दमकल आगलागी स्थलमा पुगे । तर, उनीहरुले दमकलभित्रको पानीलाई आगोमा फाल्न सकेनन् । नगरप्रहरी, नेपालप्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयबासीलाई आगो निभ्याउन हम्मेहम्मे प¥यो । जोडिएका घरहरुका स्थानीय आगोको झिल्को आफ्नोतिर आउने हो की ? भन्ने त्रासमा थिए । जसोतसो करिव ढाई घण्टापछि आगो नियन्त्रणमा आयो । अरु घरमा थप क्षति हुन् पाएन् ।
.jpg)
शनिवार (माघ १) गतेको दिन उद्घाटन गर्न थालिएको प्लान बी डिस्को प्रा.लि.को भौतिक संरचना जलेर पूर्ण नष्ट भयो । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार अनुमानित ८ करोड रुपैयाँ बरावरको लगानीमा उक्त डिस्को बनाउनका लागि खर्च भएको छ । क्षतिको एकिन विवरण शनिवारसम्म आइसक्ने प्रहरीले जनाएको छ ।
.jpg)
स्थानीय सुरेश कुमार श्रेष्ठ, कमल राना, मुकेश राना सहित सात जनाको संयूक्त लगानीमा क्लब संचालन गर्न थालिएको थियो । उद्घाटनको अघिल्लो दिन जलेर नष्ट भएपछि संचालकहरु निराश छन् । दुई तलाको भवनमा दिनभर आगलागी भएर क्षति हुन पुग्यो । संचालकहरुले स्थानीय जसमायाँ गुरुङको ५ कठ्ठा १६ धुर जग्गा भाडामा लिएर क्लब संचालन गर्न लागेका हुन् । भौतिक संरचना निर्माण गर्दा विपत् जोखिम व्यवस्थापनको क्षेत्रमा ध्यान नदिँदा शहरका घना बस्तीमा आगलागी लगाएत विपत्को समस्या भइरहने खतरा रहेको खटिएका प्रहरीले बताएका छन् । आगलागी नियन्त्रणमा स्थलगत खटिएका प्रहरीका अनुसार निर्माणधिन घरमा काम गर्ने कर्मचारीहरुले वेलडिङ गर्दा आगलागी भएको हो । आगलागीबाट घरमा भएका सवै सामान जलेर पूर्ण नष्ट भएका छन् ।
.jpg)