गत वैशाख ४ गते ऐरावती गाउँपालिका ६ सेगीथुम प्यूठानकी बसन्ता खनाल गाउँ छाडेर मधेस झरिन् । उनका सवै दाजुभाइ दाङको लमही र कलिपवस्तुमा छन् । कपिलवस्तुको कोपामा उनी अहिले कोठा भाडामा बस्दै आएकी छन् । गाउँमा विकासले भर्खरै गति लिदै छ । तर, उनलाइ गाउँमा बस्न मनले मानेन् । गाउँमा खानेपानीको हाहाकार छ । खेतीपाती बदेलले भित्र्यानै नदिने । यही समस्याले उनी गाउँ छाड्न बाध्य भएको सुनाइन । ‘सोँचेजस्तो गाउँमा विकास भएन’,उनले भनिन्,‘खानेपानी नहुँदा धेरै दुःख पाइयो ।’ वडा कार्यालयबाट बसाइसराइको कागजात लगेरै तराइमा आएको उनले सुनाइन । सासु आमा, तीन छोराछोरी सहित आफू आएको उनले बताइन । उनका श्रीमान् भारतमा छन् । ३७ वर्षिय खनाल भन्छिन,‘परिआउँदा गाउँमा दाजुभाइ पनि छैनन् । बाध्यताले छाड्नु प¥यो ।’
.JPG)
गाउँ गाउँमा स्थानीय सरकार संचालन भएपनि गाउँ छाड्नेहरु दिनप्रतिदिन बढ्दै छन् । सोही वडाबाट २० जना घरपरिवारका ७७ जना व्यक्तिहरुले गाउँ छाडेको वडा अध्यक्ष चन्द्र बहादुर रानाले बताए । गाउँमा खानेपानीको सुविधा पु¥याउन थालिएको उनी बताउँछन् । ‘विकासले विस्तारै गति लिदैछ’,उनी भन्छन्,‘पैसा कमाउदा वित्तिकै शहर जानुपर्छ भन्ने धेरैमा छ ।’ ऐरावती गाउँपालिकाबाट २०७५ सालभित्र ६९ घरधुरीका २ सय ३९ जना बसाइसरेका छन् । नौवहिनी गाउँपालिकामा बसाइसरेर आउनेको संख्या शुन्य छ भने बसाइसरेर जाने ११ घरधुरी छन् ।
प्यूठानबासीको बसाइसरेर जाने प्रमुख गन्तव्य बुटवल, दाङको लमही, घोराही र तुलसीपुर हो । कपिलवस्तुको चन्द्रौटा, गोरुसिंगे, काठमाण्डौँ, नवलपरासी, नेपालगञ्ज र बर्दियामा समेत जिल्लाबासी बसाइसरीरहेका छन् । स्थानीय सरकार संचालन भएपनि गाउँबासीलाइ रोक्न सकेका छैनन् । संघीयताले स्थानीयलाइ गाउँमै अड्काउन सकिरहेको छैन् । जिल्लामा वर्षेनी एक अरब बजेट भित्रिन्छ । गाउँमा विकासको पूर्वाधारले गति लिदैछ । त्यसले जनताको मन जित्न सकेको छैन् । विदेशमा पौरख गरेर कमाएको पैसाले शहरमा घरघडेरी जोड्नेको संख्या बढ्दो छ । रेमिट्यान्सले पनि गाउँ छाड्नेको लर्को लागिरहेको छ ।
गुल्मीको दुर्गम क्षेत्र मदाने गाउँपालिकाबाट गतवर्ष १ सय ६९ जना घरपरिवारले गाउँ छाडे । धेरैजसो बुटवल र काठमाण्डौँमा स्थानीय बसाइसरेर गए । आफन्त, इष्टमित्र, सन्तानको पढाइ लेखाइ र रोजगारीका लागि भन्दै गाउँ छाड्नेहरुको लर्को लागेको छ । जनप्रतिनिधी गाउँमा विकासको लहर चलिरहेको दावी गर्छन् । सवै सुविधा गाउँमा पु¥याइएको सांसद्हरुले समेत चर्को भाषण गर्छन् । जिल्लाको विकासमा करिव १ अरव बजेट वर्षेनी भित्रिएको तथ्यांक छ । तर, यसले जनताको मन जित्न सकेको छैन् ।
स्थानीय तहले नयाँ नयाँ योजना अनुरुप काम गरेको प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । घर आँगनमै पुगेको सरकारी सेवाले बसाइँसराइमा कमी आएको छैन् । घरदैलोमा पुगेको सडकले जीवनशैलीमा फरकपन ल्याएको छैन् । विपन्नको छानोमा जस्ता दिएर ओत बनाईदिएका स्थानीयतहलाई घरनै खाली हुनेमा चिन्ता छ । गुल्मीका ग्रामीण भेगबाट धेरै जनता बसाइसरेका छन् । जिल्लाभरबाट गतवर्ष ९ सय ८४ घरधुरीका १ हजार ९ सय १० जनाले जिल्ला छाडेका छन् । गतवर्ष चन्द्रकोट गाउँपालिकाबाट १ सय ३७ जना घरधुरीले गाउँ छाडे । ती परिवारका ५ सय ६५ जना सदस्य जिल्ला बाहिर गएका छन् । गाउँबाट बसाइसरेर जानेहरुलाइ वडा कार्यालयले ६ हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । कालीगण्डकी गाउँपालिकामा बसाइसरी आउनेको संख्या शुन्य छ । तर, बाहिरिने ७२ परिवार रहेको प्रमुख प्रशासकीय अधिकृत बावुराम पल्लीले बताए ।
पाल्पा–तमघास सडक खण्डमा पर्ने रुरु गाउँपालिकामा बसाइसराई आउने १३ परिवारका ५१ सदस्य छन् । सोही गाउँपालिकाबाट बाहिरी जिल्ला जानेमा ६४ परिवारका २ सय १५ जना रहेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी बताउँछन् । विकासको गति लिँदै गरेका धेरैजसो गाउँहरु रित्तिन थालेका छन् । विदेशमा कमाएको धनले शहरमा घर जग्गा जोर्नेहरु बढी देखिएको मदाने गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष तोकम कुवँरले जानकारी गराए । धेरैजसो सन्तानलाइ पढाउने बाहानामा बसाइसर्नेहरु रहेको उनको भनाइ छ ।