सरुमारानी (प्यूठान) : नेकपा एमाले सरूमारानी गाउँ संगठन कमिटीले पार्टी एकढिक्का भएको बताएको छ । बिहीबार सरुमारानी –४ स्थित पर्यटकिय ठाउँ रानिकुवामा बसेको नेकपा एमाले सरुमारानी गाँउ संगठन कमिटीको पूर्ण बैठकमा पार्टीका ६ वटै वडा अध्यक्षहरुले पार्टी विभाजनको असर, प्रभाव तथा चुनौती कुनै नदेखिएको रिपोर्टिङ गरेको गाँउपालिका संगठन कमिटीका सचिव चिन्त बहादुर सोमैले जानकारी दिएका दिए ।
‘फाट्टफुट्ट केही कमरेडहरुले बाटो बिराउनु भएको हुनसक्छ’,सोमैले भने, ‘भ्रममा रहेका सोझासाझा कमरेडहरु छिट्टै मुलघरमै फर्कनुहुन्छ ।’ बैठकले संगठन कमिटीलाई १ सय १३ सदस्यीय अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकको प्रमुख आतिथ्यता ग्रहण गरेका एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले प्यूठानमा पार्टी फुटको असर नगन्य मात्रमा भएको सुनाए । ‘नीति सिद्धान्त तथा विचारका आधारमा पार्टी विभाजन भएको होइन’,बैठकलाई सम्बोधन गर्दै शर्माले भने, ‘व्यक्तिगत इगो, कुण्ठा, स्वार्थले ग्रस्त, पद लोलूपतामा रमाउने केहि सीमित नेताहरु चोइटिएर गएको मात्र हो ।’
एमाले प्यूठानले प्रतिक्रियाबादीहरुको जालझेललाई प्ररास्त गर्दै थप सशक्त भएर अघि बढ्ने समेत उनले उल्लेख गरे । पार्टीका सबै जनवर्गीय संगठन, सुभेच्छुकहरुलाई गोलबन्द गर्दै तल्लो तहका कमिटीहरुलाई चुस्त राख्न उनले निर्देशन समेत दिए । ‘राप्ती नदीबाट एक लोटा पानी निकाल्दैमा राप्तीमा पानीको मात्रा कमी हुँदैन’को संज्ञा दिँदै बैठकलाई विशेष अतिथिको आसनबाट सम्बोधन गर्दै जिल्ला सचिवालय सदस्य एवं स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले भने, ‘एमाले नीति सिद्धान्त तथा विचारबाट निर्देशित पार्टी हो । पार्टीलाई केन्द्र हुँदै स्थानीय स्तरसम्म जसरी घेराबन्दी गर्न खोजिएको छ, त्यो षड्यन्त्र पुरा गर्न जनताले साथ दिने छैनन् ।’
‘फाट्टफुट्ट केही कमरेडहरुले बाटो बिराउनु भएको हुनसक्छ’,सोमैले भने, ‘भ्रममा रहेका सोझासाझा कमरेडहरु छिट्टै मुलघरमै फर्कनुहुन्छ ।’
केन्द्र हुँदै प्रदेश तहसम्म आफ्नै सरकार ढालेर नेपाल पक्षले नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएको उनले विचार व्यक्त गरे । स्वर्गद्वारीमा पार्टी पुरै एकढिक्का रहेको सन्देश उनले बैठकलाई दिए । ‘राजनैतिक हिसावले धन बहादुर रायमाझी हामी सबैको गुरु हो’, रोकायले भने, ‘जनताको बहुदलिय जनवादलाई मान्ने मान्छे कसरी जबजलाई अंगिकार नगरिएको समाजवादी हुन सक्छ ?’ हामी सबैलाई विश्वास छ उहाँ छिट्टै मूल घरमा आउनुहुन्छ ।’
बैठकले असोज २ गते भित्र पालिकाका ६ वटै वडा कमिटीहरुको बैठक पुनः बस्ने, जनवर्गीय संगठनहरुको भेला आयोजना गर्ने, पालिका इन्चार्ज तथा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको सिघ्र स्वास्थ्य लाभको कामना तथा पार्टी सचिव चिन्त सोमैको संगठनात्मक प्रतिवेदन पास गरेको छ ।
बैठकलाई सरुमारानी गाँउपालिका उपाध्यक्ष मिना कुमारी सोमै, शिक्षक संगठनका पुराना नेता हरि प्रसाद घिमिरे, वडा अध्यक्षत्रय बसन्त बहादुर जिसी, भीम बहादुर मर्सा®ी, तुल बहादुर रोका, जिल्ला कमिटी सदस्य सन्तोष बिक लगायतका नेताहरुले सम्बोधन गर्दै पार्टी एकढिक्का रहेको सन्देश दिएका छन् ।