प्यूठान : नेपाली कांग्रेस प्यूठानको १४ औं जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा उमेदवार आकांक्षीहरुको चर्चा चलिरहेको छ । तीन गुटका नेताहरु चुनावमा भिड्ने तयारीमा छन् । जिल्लामा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र पार्टी सभापती शेर बहादुर देउवा गुटका नेताहरु चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् । कतिपय नेताहरुले आफ्नो उमेदवारी सामाजिक सञ्जालबाट समेत सार्वजनिक गरेका छन् ।
को को भिड्दै छन् सभापतिमा ?
कांग्रेस प्यूठानको सभापतिमा तीन नेताहरुको चर्चा छ । हाल पार्टीका जिल्ला सचिव एवं गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, देवेन्द्र बर्मा र पूर्व सचिव एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव प्रसाद रिजाल सभापतिमा भिड्ने तयारीमा छन् । कांग्रेस नौबहिनी गाउँपालिका स्तरीय भेला तथा बैठकबाट गाँउपालिकाका अध्यक्ष समेत रहेका रिजाललाई सभापतिमा उम्मेदवारी दिने घोषणा भएको छ । रिजालले आफूलाई बिजयी बनाउन समेत आग्रह गरिरहेका छन् । उनी अघिल्लो जिल्ला अधिवेशनमा वर्तमान सभापति अमरप्रसाद भण्डारीसँग २३ मतले पराजय भएका थिए । उनी यसपाली सभापति बनेरै छाड्ने दौडमा देखिन्छन् ।
आगामी अधिवेशनमा जिल्ला सभापतिको आकांक्षी भएको पार्टी सचिव देवेन्द्र बर्माले बताए । तर उनले आफू कुनै गुटमा नभएको प्रतिक्रिया दिएका छन् । ‘म कुनै पनि समूहमा छैन, शुद्ध नेपाली कांग्रेसको कार्यकर्ता हु’, बर्माले भने, ‘सर्वसम्मत नेतृत्व चयनका लागि मेरो अधिकतम प्रयास हुनेछ, म त्याग गर्न पनि पछि पर्दैन ।’ नेपाली कांग्रेसमा एकपटक सभापति भएको नेता दोहोरिनु हुँदैन भन्नेमा आफु अडिग रहेको उनले बताए ।
कांग्रेस जिल्ला सचिवमा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं स्थानीय तहको निर्वाचनमा झिमरुक गाउँपालिकामा अध्यक्ष पदका प्रत्यासी प्रमोद पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालबाटै आफू सचिवमा लड्न चाहेको भन्दै सुभचिन्तकहरुको सुझाव मागिरहेका छन् । रिजाल र पोखरेल देउवा समूह गुटका हुन् । सचिव पदमै वर्तमान पार्टी सभापति अमंर प्रसाद भण्डारी निकटका हालका कोषाध्यक्ष धनेश्वर भण्डारीको नाम चर्चामा छ ।
कांग्रेस वृतमा वर्तमान जिल्ला पार्टी सभापति अमंर प्रसाद भण्डारीले एक कार्यकाल थप दोहोरिन चाहेको उनी निकट नेताहरुले बताएका छन् । नेता भण्डारीको प्रतिक्रिया लिन खोज्दा उपयूक्त समयमा मात्र आफूले आफ्नो धारणा राख्ने प्रतिक्रिया दिए । निर्वाचन क्षेत्र नं १ मा क्षेत्रिय सभापतिमा देउवा समूहबाट जैनुल मियाँ, पौडेल समूहबाट वर्तमान सभापति टेकप्रसाद भण्डारी, तरुण दल प्यूठानका उपाध्यक्ष दीपक केसीको नाम चर्चामा छ । तरुण नेता केसी अझै प्रष्ट रुपमा कुनै गुटमा नखुलेको स्रोतले बताएको छ ।
निर्वाचन क्षेत्र नं २ तर्फ क्षेत्रिय सभापतिमा गगन÷सिटौला समूहबाट दुई जनाको नाम चर्चामा छ । बालाराम पौडेल र नेवीसंघ प्यूठानका अध्यक्ष एनपी मगर उठ्न चाहेको बुझिएको छ । क्षेत्रिय सभापतिमै झिमरुक गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका बलदेव महतराको नाम चर्चामा छ । देउवा समूहबाट पनि क्षेत्रिय सभापतिमा दुई जनाको नाम चर्चामा रहेको बताइन्छ । वर्तमान सचिव चन्द्रलाल न्यौपाने तथा जुमान जिसीको नाम चर्चामा छ । जिसीले सामाजिक सञ्जालबाटै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
कांग्रेस प्यूठानको उच्च स्रोतले दिएको जानकारी अनुसार देउवा समूहबाट सभापतिमा शिवप्रसाद रिजाल आधिकारिक उम्मेदवार तय भइसकेको तर पौडेल तथा गगन÷सिटौला समूहबाट भने सभापति पदमा सर्वसम्मत उम्मेदवार तय अझै नभइसकेको चर्चा छ । सभापति पदमा सहमति गर्नका लागि भन्दै वर्तमान सभापति अमरप्रसाद भण्डारी लुम्बिनी प्रदेशको पदाधिकारीमा उम्मेदवारी दिने र विष्णु कुमार गिरी वा देवेन्द्र बर्मा मध्ये एक जनालाई सभापतिमा उम्मेदवारी टुंग्याउनेबारे छलफल पनि चलिरहेको कांग्रेस पौडेल समूह स्रोतले बताएको छ ।
उपसभापतिमा देउवा पक्षधरका कांग्रेस क्षेत्र नं २ का वर्तमान सभापति सरोज थापा (रोज राणा) को नाम चर्चामा छ भने देउवा समूहबाटै वर्तमान उपसभापति बद्री लम्सालको नाम बाहिर आएको छ । जिल्ला अधिवेशनबाट छानिने २४ जना महाधिवेशन प्रतिनिधि अधिवेशन पूर्व नै केन्द्रमा गएर देउवा÷पौडेल तथा गगन÷ सिटौला समूहले भागबन्डामा टुंग्याईएको बताईएको छ ।
क्रियाशील सदस्य संख्याका आधारमा प्रतिनिधि संख्या रहने महाधिवेशन प्रतिनिधि प्रमोद पोख्रेलले जानकारी दिए । वडाबाट न्यूनतम १६ जना प्रतिनिधि चुनिएर आउनुपर्ने र जिल्लाबाट सभापति सहित २५ जनाले केन्द्रमा मतदान गर्ने प्रावधान रहेको पोखरेलले बताए ।
कुन नेता कुन गुटमा ?
नाम |
पद |
गुट |
डा. गोविन्दराज पोखरेल |
महाधिवेशन प्रतिनिधी |
शेखर कोइराला |
दिवार गौतम |
|
पौडेल समुह |
मुक्ति शर्मा पौडेल |
|
पौडेल समुह |
सुबास केसी |
निवर्तमान सभापति |
पौडेल समूह |
अमर भण्डारी |
सभापति |
पौडेल समूह |
देवेन्द्र बर्मा |
सचिव |
पौडेल समूह |
धनलक्ष्मी श्रेष्ठ |
महाधिवेशन प्रतिनिधी |
देउवा समुह |
शालिग्राम पण्डित |
पूर्व सभापति |
देउवा समुह |
हुकुम बहादुर विष्ट |
|
देउवा समुह |
शिव रिजाल |
निवर्तमान सचिव |
देउवा समुह |
बद्री लम्साल |
क्षेत्रिय सभापति क्षेत्र नम्वर १ |
देउवा समुह |
रोज राणा |
क्षेत्रि सभापति क्षेत्र नम्वर २ |
देउवा समुह |
खिमानसिँह रायमाझी |
महाधिवेशन प्रतिनिधी |
देउवा समुह |
विष्णु कुमार गिरी |
सचिव |
गगन/सिटौला समूह |
पशुपति डिसी |
|
शेखर कोइराला |
निमा गिरी |
|
गगन/सिटौला समूह |
भगबती विष्ट |
|
देउवा समुह |