प्यूठान : प्यूठान नगरपालिका ८ स्थित दम्तीमा निर्माणाधीन सब स्टेसनको काम तिब्र पारिएको छ । सम्पर्क विहिन बनेका ठेकेदारलाई निरन्तर ताकेता गरेपछि कामले निरन्तरता पाएको हो । दशैंसम्ममा पुरा गर्नेगरी काम अघि बढेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘तार तान्ने क्रममा स्थानीय स्तरका केही ठाउँमा विवाद थियो’, भुसालले भने, ‘वडासँग समन्वय गर्दै सबै विवाद मिलाएका छौं र कामले तिब्रता पाएको छ ।’ दसैं सम्ममा सबस्टेशन चार्ज गरिसक्ने योजना रहेको उनले सुनाए ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले निर्माणाधीन सबस्टेशन निर्माण कार्यमा कुनै प्रगति नदेखिएको बताउँदै यथासिघ्र निर्माण कार्य अगाडि बढाउन श्री त्रिपुरेश्वर कन्डक्टर जय दुर्गे जेभिलाई चेतावनी सहित ताकेता गरेको थियो । ‘मैले ३ महिनामै बाँकी काम सकाउन निर्दैशन समेत दिएको थिए’ प्रजिअ भुसालले भने, ‘तर निर्माण कम्पनी तथा ठेक्का लगाउने कार्यालयको भूमिका तथा जिम्मेवारीप्रती उनीहरु नै प्रतिवद्ध नहुँदा कामले गति नलिएको हो ।’
यस पटकको ताकेतामा नेपाल विद्युत प्राधिकरणको विनियम तथा बोलपत्रको कागजात व्यवस्था वमोजिम कारवाही अगाडी बढाउने जनाईएको थियो । ३२ केभिए डबल सर्किट लाइन विस्तारको काम तथा ११ केभिएको फिडरको काम जय दुर्गे जेभिले समयमै पूरा नगरेको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेस डिभिजन प्रमुख सुरज गौतमले जानकारी दिए ।
दशैंसम्ममा पुरा गर्नेगरी काम अघि बढेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
सबस्टेसनको काम लम्बिदै जाँदा प्रमुख जिल्ला अधिकारी भुसालले गएको मंसिर महिनामा निर्माण कम्पनीलाई ३ महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । तीन महिना भित्र बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको ठेकेदार कम्पनीले सात महिना बित्नैलाग्दा समेत सम्पर्कमा आएको थिएन ।
अहिले प्यूठानमा ३३ केभिए बाटै वितरण लाइन व्यवस्थापन भएको छ । सबस्टेसन संचालनमा आए ११ केभिएबाट लाइन वितरण गरिने छ । सबस्टेसन संचालनमा ढिलाई हुँदा प्यूठानीहरुले विद्युत अनियमितताको समस्याबाट प्रताडित छन् ।
यो पनि पढ्नुहोस् :
https://www.ajakopost.com/finance/1165
https://www.ajakopost.com/finance/1165