प्यूठान : आफ्नो कार्यकाल सकिनै लाग्दा समेत प्यूठानका दुई गाउँपालिकाले प्रशासनिक भवन भवन निर्माणको थालनी समेत गरेका छैनन् । मल्लरानी र गौमुखी गाउँपालिकाले भवन निर्माणको सुरसार नै गरेका छैनन् । स्थानीयले गाउँपालिका भवन निर्माणका लागि जग्गादान दिने भनेपनि कुनै ठोस निर्णयमा पुग्न नसक्नु गाउँबासीहरुका लागि धोका भएको मल्लरानी गाउँपालिका खलंगा प्यूठानका स्थानीय इमानसिंह भारतीले बताए ।
दुई फरक फरक ठाउँमा जग्गा दिन स्थानीयहरु तयार छन्’, भारतीले भने, ‘तर गाउँपालिकालाई नेतृत्व गर्ने जनप्रतिनिधिहरु उदासीन छन् ।’ प्रतिनिधिहरूको इच्छाशक्ति नभएकै कारण प्रशासनिक भवन बन्न नसकेको उनले गुनासो गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जग्गादानको निवेदन प्राप्त भएको र केहि दिनमै छलफल गरी प्रक्रिया शुरु हुने आश्वासन दिए । ‘हामीलाई निवेदन प्राप्त भएको छ’, थापाले भनेर्, कोरोनाकै कारण सम्बन्धित दातासँग छलफलमा ढिलाई भएको हो ।’ जग्गा व्यवस्थापन नभएकै कारण प्रशासनिक भवन बनाउन आवश्यक बजेटबारे कुनै निर्णय नभएको उनले जानकारी दिए । गाउँपालिका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको भवनमा भाडामा छ ।
स्थानीयले गाउँपालिका भवन निर्माणका लागि जग्गादान दिने भनेपनि कुनै ठोस निर्णयमा पुग्न नसक्नु गाउँबासीहरुका लागि धोका भएको मल्लरानी गाउँपालिका खलंगा प्यूठानका स्थानीय इमानसिंह भारतीले बताए ।
गौमुखी गाउँपालिकाले चालु आर्थिक वर्षबाट पालिकाको प्रशासनिक भवन बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए । ‘हामीले बहुवर्षिय योजना अन्तर्गत बजेट व्यवस्थापन गरेका छौं’। गिरीले भने, ‘गाउँपालिकाको केन्द्र लिवासेमा भवन बन्नेछ ।’ चार वर्षको अवधिमा भवन निर्माण पुरा भएर कामकाज थालिसक्नुपर्नेमा सुरसारको काम शुरु हुनु नागरिकप्रति जिम्मेवार नबनेको पाइएको स्थानीय नागरिकहरुले गुनासो गरेका छन् ।
स्वर्गद्धारी नगरपालिकाले भवन निर्माणधीन भएपनि हाल नगरपालिका भाडाको भवनबाट कामकाज संचालन गरेको छ । साँघुरो ठाउँबाट कार्य सम्पादन गर्दा समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले जानकारी दिए । गाउँपालिका स्थापना भइसकेपछि सवैभन्दा छिटो झिमरुक गाउँपालिकाले जिल्लाकै सवैभन्दा ठूलो प्रशासनिक भवन निर्माण पुरा गरेको छ । केही समयभित्रमा नै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । सरुमारानी गाउँपालिकाले समेत भवन निर्माण पुरा गरेको छ ।
कसले बनाए ? कसले बनाएनन्, के छ अवस्था ?
क्र.सं |
पालिकाको नाम |
अवस्था |
विनियोजित बजेट |
१ |
झिमरुक गाउँपालिका |
सम्पन्न |
७ करोड ६६ लाख |
२ |
सरुमारानी गाउँपालिका |
सम्पन्न |
१ करोड ५६ लाख |
३ |
माण्डवी गाउँपालिका |
निर्माणधिन |
५ करोड २७ लाख |
४ |
स्वर्गद्धारी नगरपालिका |
निर्माणधिन |
६ करोड |
५ |
ऐरावती गाउँपालिका |
निर्माणधिन |
१ करोड ९० लाख २६ हजार ५ सय ४० |
६ |
नौबिहिनी गाउँपालिका |
निर्माणधिन |
६ करोड १३ लाख |
७ |
प्यूठान नगरपालिका |
जनप्रतिनिधी नआउँदै बनेको |
४ करोड ५८ लाख |
८ |
मल्लरानी गाउँपालिका |
सुरसारै नगरेको |
|
९ |
गौमुखी गाउँपालिका |
|
१ करोड |