बुटवल : बुटवलको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालय आएकोमा स्थानीयले स्वागत गरेका छन् । लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले नयाँगाउँमा सिटी कलेज सञ्चालन गर्दैछ । १२ औं विश्वविद्यालयसभाबाट सिटी कलेज चलाउने निर्णय भएको थियो । बुटवलको नयाँगाउँ क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने योजनासहित विश्वविद्यालय ल्याउनका लागि यसक्षेत्रका समाजसेवीहरु जुटेका हुन् । विश्वविद्यालय ल्याउनका लागि नयाँगाउँ माध्यमिक विद्यालयले पूर्वाधारसहितको करिव ५ बिगाहा जग्गा प्रदान गरेको छ । नयाँगाउँको नदी उकाश क्षेत्रमा क्याम्पस चलाउने योजनासहित विद्यालयले पूर्वाधार बनाएको थियो । क्याम्पस सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि त्यत्तिकै रोकिएको बेला लुम्बिनी विश्वविद्यालयको सिटी कलेज ल्याउने निर्णय भएको हो ।
बुटवलको बेलबासमा बिहिबार भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागि विद्यालयका पदाधिकारी, चन्दादाता, अभिभावक तथा जनप्रतिनिधिहरुले विश्वविद्यालय आउदा यो क्षेत्र नै शैक्षिक हव बन्ने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले आफू बुटवलको मेयर हुदाँ नयाँगाउँ क्षेत्रमा क्याम्पस चलाउन बनाएको योजनाले अहिले सार्थकता पाएको बताए । तिनाउ पारीको विकास शैक्षिक विकासबाटै हुने भन्दै बौद्ध विश्वविद्यालयको एउटा कजेलेले नयाँगाउँ क्षेत्रकै स्वरुप फेरिने बताए ।
विश्वविद्यालयको पूर्वाधार निर्माण, शैक्षिक विकाससंगै नयाँगाउँ माविलाई पनि विशिष्ट विद्यालय बनाउन सबैको प्रयत्न हुनुपर्ने बताए । तिनाउ पारीको भुभाग अव ग्रामिण क्षेत्रमा मात्रै सीमित नभएको भन्दै उनले शिक्षाको विकासबाट यसको स्वरुप फेरिने बताए । प्रदेशसभा सदस्य खड्ग केसीले बुटवल उपमहानगरभित्र रहेर पनि पछि परेको नयाँगाउँ आसापासको क्षेत्रलाई शैशिक हवको रुपमा विकास गर्नुपर्ने भन्दै विश्वविद्यालयले सो सपना पुरा गर्ने विश्वास गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले नयाँगाउँ क्षेत्रलाई शिक्षाको अग्रणी स्थान बनाउने योजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । देवदह र बुटवलमा विस्तार भएको विश्वविद्यालयलाई विशिष्टीकृत बनाउदै लैजाने योजना रहेको उनले बताए । सो काम समुदाय र विश्वविद्यालय एकजु्ट भएर नै अघि बढ्ने उनको भनाई थियो । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले विश्वविद्यालय विशाल स्वरुपमा खडा हुने भएकाले नयाँगाउँबासीले शंका गर्ने नपर्ने बताए । ‘जति धेरै जमिन उपलब्ध भयो, त्यति ठूलो नै योजना विश्वविद्यालयले बनाउछ, उनले भने,–‘विश्वविद्यालय ल्याउने र विकास गर्ने विषयमा स्थानीयले संर्किर्ण सोच राख्नु हुदैन । खुला हृदयले सहयोग पुराउनुपर्छ ।’
नयाँगाउँमा प्राप्त जग्गाको सट्टामा विश्वविद्यालयले कुनै सहयोग नगर्ने भन्दै आचार्यले विश्वविद्यालय स्थापनापछि हुने लाभ नै स्थानीयको उपलब्धी हुने बताए । रोजगारी, स्थानीय विद्यार्थीको पठन पाठन, सयौं विद्यार्थीले पढ्दा हुने व्यापार व्यवसाय नै नयाँगाउँका स्थानीयको उपलब्धी हुने उनले बताए । दक्ष शैक्षिक जनशक्ति भए अहिले नै रोजगारी दिन सक्ने अवस्था रहेको समेत उनले बताए । विश्वविद्यालयले आगामी ५ वर्षमा उपलब्ध जग्गा क्षेत्रको स्वरुप नै परिवर्तन गर्ने आचार्यले जानकारी दिए । पहिलो चरणमा करिव ९ करोड लागतमा भवन निर्माण र वाउण्ड्री वाल निर्माणको काम हुन लागेको छ । एक वर्षभित्र नै यो कामले मुर्तता पाउनेछ ।
बुटवलको बेलबासमा बिहिबार भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागि विद्यालयका पदाधिकारी, चन्दादाता, अभिभावक तथा जनप्रतिनिधिहरुले विश्वविद्यालय आउदा यो क्षेत्र नै शैक्षिक हव बन्ने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा बोल्दै बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीले विश्वविद्यालयले नयाँगाउँ माविको सिफारिसमा केही विद्यार्थीलाई छात्रबृत्ति र विद्यालयलाई आफ्नो अंग मानेर जानुपर्ने बताए । नयाँगाउँ माविका अध्यक्ष पुरुषोत्तम बस्यालले विश्वविद्यालयलाई आफ्नो क्षेत्रमा ल्याउदा जीवनकै ठूलो खुसी मिलेको बताए । कलेज चलाउने अपुरो योजनाले अव मूर्त रुप लिएको उनले बताए । विद्यालयका बरिष्ठ सल्लाहकार डीआर घिमिरेले विश्वविद्यालयलाई समुदायले नै अपनत्व लिएर अघि बढ्ने विश्वास दिलाए । उनले लुम्बिनीमा निर्माण भएको संरचना जस्तै पर्यटकीय महत्वको संरचना नयाँगाउँमा बनाउन विश्वविद्यालयलाई आग्रह गरे ।
सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण खड्का, विद्यालयका पूर्व अध्यक्ष डिल्ली शर्मा, विद्यालयका प्राध्यानाध्यापक पुरुषोत्तम भट्टराई, शिक्षक रामप्रसाद पाण्डे लगायतले बोल्दै नयाँगाउँमा विश्वविद्यालय आएकोमा खुसी व्यक्त गरे । बौद्ध विश्वविद्यालयले बुटवलमा अहिले बिएएलएलबी र बिबिटिटिएम कार्यक्रम सञ्चालन गरेको छ । बुटवलको भाडाको भवनमा चलिरहेको यो कार्यक्रम अहिले नयाँगाउँमा सारिएको हो । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यको सक्रियतामा नयाँगाउँ माध्यमिक विद्यालयको जग्गा उपलब्ध भएको हो । प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जग्गा प्राप्तीमा विशेष भूमिका खेलेका थिए । करिव ५ विगाहा जमिनमा यसै वर्षदेखि पूर्वाधार बनाउन निर्माण कम्पनीसंग विश्वविद्यालयले सम्झौता गरिसकेको छ ।