प्यूठान : कोरोनाको बाहानामा सहयोग संकलन नगर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत गरेको आव्हानलाई प्यूठानमा बेवास्ता गरिएको छ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई २०७८ जेठ ५ गते जिल्लामा कोभिड उपचार, रोकथाम तथा नियन्त्रणको सम्वन्धमा आफूखुसी रकम संकलन नगर्न भनेको छ । आफूखुसी सहयोग संकलन गर्नेहरुलाई निरुत्साहित गर्न गृहले स्थानीय प्रशासनलाई जानकारी गराएको छ ।
सोही अनुसार जिल्ला प्रशासन कार्यालय प्यूठानले जेठ ७ गते प्यूठानमा स्वेच्छिक रुपमा गर्न चाहानेहरुलाई सिँहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नम्वर १९६०००००११०१ मा जम्मा गर्न आग्रह गरेको छ । तर, जिल्ला प्रशासन कार्यालय प्यूठानको आग्रहलाई ठाडै उल्लंघन गर्दै अखिल क्रान्तिकारी प्यूठानले कोभिडका नाममा रकम संकलन अभियान चलाइरहेको छ । ‘जिल्ला स्तरीय क्रान्तिकारी कोभिड कोष’ नाम दिएर सहयोग संकलन भइरहेपछि नागरिकहरुले टिप्पणी गर्न थालेका छन् । उक्त कोषमा स्वेच्छिक रुपमा सहयोग संकलन गरेको भन्दै क्रान्तिकारीका जिल्ला सदस्य प्रेम बहादुर विश्वकर्माले आफ्नो फेसबुकबाट सहयोग गर्नेहरुको प्रचार प्रसार गरेका छन् । उनले सहयोग गर्नेहरुलाई धन्यवाद दिइरहेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुमन श्रेष्ठले रकम संकलन अभियान स्वतःस्फूर्त भएको प्रतिक्रिया दिए । ‘हामी चन्दा माग्न रसिदका ठेली बोकेर हिँडेका छैनौं’,श्रेष्ठले भने, ‘रकम उठाएर कोभिड रोकथाम तथा नियन्त्रणमा केहि सहयोग पु¥याउने अभियान हो ।’ सरकारले कोभिड विरामीको निःशुल्क उपचार कोभिड रोकथाम तथा नियन्त्रणको सम्पूर्ण जिम्मा लिन उनले आग्रह गरे ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कोभिडका नाममा रकम संकलन अभियान चलाउने जो सुकैलाई पनि कानुनी कारवाही हुने बताएका छन् । स्वेच्छिक रुपमा सहयोग गर्न चाहानेहरुलाई सार्वजनिक गरिएको केन्द्रको खाता नम्वरमा सिँधै जम्मा गर्न उनले आग्रह गरे । सहयोग संकलन गरेको प्रचार गर्ने प्रेम बहादुर विश्वकर्मालाई सहयोग संकलन कुन कानुनको आधारमा गरेको हो ? हालसम्म क–कसबाट कति सहयोग संकलन भयो ? सोको विवरण सहित तीन दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र काटिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी गराए ।

जिल्लामा केहि दिनअघि प्यूठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जिल्ला आइसोलेशसन केन्द्रको व्यवस्थापन गर्न सहयोग गर्नेहरुलाई प्रोत्साहन गरेका थिए । आइशोलेसन व्यवस्थापन केन्द्रका सदस्यहरुबाटै विरोध भएपछि अहिले उक्त सहयोग अभियान रोकिएको छ ।
सहयोग संकलन गरेको प्रचार गर्ने प्रेम बहादुर विश्वकर्मालाई सहयोग संकलन कुन कानुनको आधारमा गरेको हो ? हालसम्म क–कसबाट कति सहयोग संकलन भयो ? सोको विवरण सहित तीन दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र काटिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी गराए ।
गृह मन्त्रालयको पत्र ।

जिल्ला प्रशासन कार्यालय प्यूठानको निर्णय ।
