बुटवल : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले कोभिड महामारीको रोकथाम, नियन्त्रण, उपचार र सबै नागरिकलाई खोप निःशुल्क गर्नका लागि प्राथमिकतामा राखेको बताएका छन् । यस बाहेक नागरिकका जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा बजेटलले प्राथमिकता दिएको छ । प्रस्तुत छ बजेटले समेटेका मुख्य ६ प्राथमिकताहरु
पहिलो प्राथमिकता : कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचार, सबै नागरिकलाई खोप निशुल्क ।
दोस्रो : पूर्वाधार विकासमा व्यापक जोड ।
तेस्रो : थलिएको अर्थतन्त्रको पुनरूत्थान, व्यापक राहत र क्षतिपूर्ति ।
चौथो : ज्येष्ठ नागरिक भत्ता मासिक ४,०००।
पाँचौ : शैक्षिक प्रमाणपत्रको आधारमा सहुलियत ब्याजमा ऋण ।
छैठौ : कर्मचारीलाई मासिक २०००। (तलब बृद्धि र महंगी भत्ता) ।
सातौं : पत्रकारका लागि सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको हो ।