प्यूठान : आफ्नो कार्यकाल सकिनै लाग्दा समेत प्यूठानका धेरैजसो स्थानीय तहहरुले विरामी बोक्ने एम्बुलेन्स किनेका छैनन् । निर्वाचित भएको शुरुवाती वर्षमै आफू चढ्ने गाडी ल्याउन तछाडमछाड गर्ने जनप्रतिनिधीहरुले जनता चढ्ने एम्बुलेन्स ल्याउनका लागि अझै सुरसार गरेका छैनन् । उनीहरुको पाँच वर्षे कार्यकालमा बजेट ल्याउन पाउने यो अन्तिम कार्यकाल हो । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा पनि नागरिकहरुको उपचारसँग प्रत्यक्ष जोडिएको एम्बुलेन्स खरिदमा बजेट विनियोजन गर्छन् वा गर्दैनन् ? जनप्रतिनिधीहरुको यो अन्तिम परिक्षणको घडी हो ।
आफू चढ्ने गाडी किन्ने जनप्रतिनिधीले जनताको लागि एम्बुलेन्स किन्न नखोज्नु गैर जिम्मेवार भएको पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष महावीर रानाले प्रतिक्रिया दिए । ‘करोडौँका गाडी खरिद भएका छन्’,उनले भने,‘तर, आफ्ना मतदाता र जनताका लागि १२÷१५ लाखका एम्बुलेन्स खरिद नगर्नु राम्रो भएन ।’
जिल्लामा हाल विभिन्न क्षेत्रमा गरी १५ वटा एम्बुलेन्सहरु संचालनमा छन् । तीमध्ये ८ वटा संघसंस्थाहरुले खरिद गरेर संचालन गरेका छन् । जनज्योती सामुदायिक विकास संस्था, भारतीय भुपू सैनिक रजवारा, होटल व्यवसायी संघ, सुस्वास्थ्य, प्यूठान–काठमाण्डौँ नेवा समाज, मन्सराम स्मृति प्रतिष्ठान र देविस्थान डाक्टर जोनसेन स्मृत प्रतिष्ठान मातहत एम्बुलेसन्स संचालनमा छन् । ती एम्बुलेन्स गाउँपालिका वा नगरपालिका मातहत हुँदैनन् ।
प्यूठान अस्पताल मातहत १ वटा एम्बुलेसन्स संचालनमा छ । तीन वटा भएपनि २ वटा विग्रिएर थन्किएका छन् । नयाँ खरिद गरेपछि विग्रिएका एम्बुलेन्सको मर्मतमा अस्पतालले चासो देखाएको छैन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको पनि एउटा एम्बुलेन्स छ । विग्रेर फालिएको एउटा एम्बुलेन्स रेडक्रसले पनि मर्मतमा ध्यान दिएको छैन् ।
साविक जिल्ला स्वास्थ्य कार्यालय हुँदा सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्यचौकी, बांगेशाल स्वास्थ्यचौकी, दाङवाङ स्वास्थ्यचौकी, भिंगृ स्वास्थ्यचौकीमा एकएक वटा एम्बुलेन्स हस्तान्तरण भएका छन् । त्यस बाहेक झिमरुक गाउँपालिका वडा नम्वर ३ मा बाँदीकोट हेल्थ पोष्टमा १ वटा र बाँदीकोट आहालखोला समावेशी भुपु सैनिकले १ वटा एम्बुलेन्स संचालनमा ल्याएको छ ।
साविक स्वास्थ्य कार्यालयले हस्तान्तरण गरेका बाहेक गाउँपालिका र नगरपालिकाहरुले थप एम्बुलेसन्स खरिद गर्नतर्फ चासो देखाएनन् । गाउँमै एम्बुलेन्स नहुँदा दुर्गमका विरामीहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ । भनेको समयमै विरामी अस्पताल लैजान एम्बुलेन्स पाउन गाह्रो हुने गरेको गुनासो छ ।
अस्पताल र संघसंस्थामा रहेका जिल्लाका एम्बुलेन्स
क्र.सं |
कार्यालय/संघ संस्थाको नाम |
ठेगाना |
एम्बुलेन्स संख्या |
१ |
जनज्योती सामुदायिक विकास संस्था |
प्यूठान नगरपालिका ७ टिकुरी |
१ |
२ |
भारतीय भूपु सैनिक |
बिजुवार |
१ |
३ |
होटल व्यवसायी संघ |
प्यूठान |
१ |
४ |
भारतीय भुपु सैनिक |
रजवारा |
१ |
५ |
सुस्वास्थ्य |
प्यूठान |
१ |
६ |
प्यूठान–काठमाडौं नेवा समाज |
प्यूठान |
१ |
७ |
मन्सराम स्मृति प्रतिष्ठान |
, प्यूठान नगरपालिका दम्ती |
१ |
८ |
देवीस्थान डाक्टर जोनसेन स्मृति प्रतिष्ठान |
माण्डवी गाउँपालिका प्यूठान |
१ |
९ |
बाँदीकोट स्वास्थ्यचौकी |
झिमरुक गाउँपालिका ३ प्यूठान |
१ |
१० |
बांगेशाल स्वास्थ्यचौकी |
सरुमारानी गाउँपालिका प्यूठान |
१ |
११ |
हंसपुर स्वास्थ्यचौकी |
सरुमारानी गाउँपालिका प्यूठान |
१ |
१२ |
दाङवाङ स्वास्थ्यचौकी |
ऐरावती गाउँपालिका प्यूठान |
१ |
१३ |
भिंगृ प्राथमिक स्वास्थ्य केन्द्र |
स्वर्गद्धारी नगरपालिका प्यूठान |
१ |
१४ |
प्यूठान अस्पताल |
विजुवार प्यूठान |
१ |
१५ |
नेपाल रेडक्रस सोसाइटी |
जिल्ला शाखा प्यूठान |
१ |
गाउँमा तत्कालै विरामी लैजान एम्बुलेन्स आवश्यकता भएपनि जिल्लाकै दुर्गम क्षेत्र मानिने गौमुखी गाउँपालिका अझैसम्म एम्बुलेन्स विहिन छ । वडा नं ३ मा रहेको भारतीय भुपू सैनिकको एम्बुलेन्स भएतापनि त्यो गाउँपालिका मातहत छैन् । उक्त एम्बुलेन्स एम्बुलेन्स गाउँभन्दा विजुवार केन्द्रित रहेको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी गराए । यस क्षेत्रका नागरिकहरु नीजि गाडी रिर्जव गरेर विरामीलाई अस्पतालसम्म लैजान बाध्य छन् । सिंगो नौवहिनी क्षेत्र अझैसम्म एम्बुलेन्स विहिन हुनु दुःखद् रहेको यस क्षेत्रका नागरिकहरु दुःखेसो पोख्छन् ।
जनताको सेवा सुविधा बढाउने तर्फ जनप्रतिनिधिहरुको उल्लेखनीय ध्यान नगएको प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं गौमुखीका स्थानीय ज्ञामुराम न्यौपानेले बताए । ‘पूँजा हेल्थ पोस्टलाई केन्द्रमा राखेर रजवाराको एम्बुलेन्स संचालन गर्ने योजना कार्यान्वयनमा आएको छैन’,न्यौपानेले भने, ‘स्वाथ्य संस्थाको स्तरवृद्धि र एम्बुलेन्स संचालनमा पालिकाको ध्यान जानुपर्दछ ।’ केहि समय पहिला एमबिबिएस डाक्टर सहितको सेवा दिइएता पनि अहिले निरन्तरता नभएको प्रति न्यौपानेले असन्तुष्टि पोखे ।
गाउँ कार्यपालिकाकाले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेमा खरिद प्रक्रिया अघि बढाइने गौमुखी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले जानकारी गराए । भूगोलले पनि विकट भएकाले गाउँपालिकामा एम्बुलेन्स आवश्यकता देखिएको उनले बताए । भारतीय भुपू सैनिक मार्फत संचालन हुँदै आएको एम्बुलेन्सलाई गाउँपालिकाले मर्मत संभारमा सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए । ‘काम पर्दा बोलाउँछौं’,गिरीले भने, ‘मान्छे पाइँदैन भनेर अलि बढी जिल्ला केन्द्रित हुने गरेको छ ।’ सुत्केरी वडामा रहेका बर्थिङ सेन्टरमा हुने भएकाले एम्बुलेन्स खरिद गर्ने प्रक्रिया तत्कालिन प्राथमिकतामा नपरेको उनको प्रतिक्रिया छ ।
साविक स्वास्थ्य कार्यालयले हस्तान्तरण गरेका बाहेक गाउँपालिका र नगरपालिकाहरुले थप एम्बुलेसन्स खरिद गर्नतर्फ चासो देखाएनन् । गाउँमै एम्बुलेन्स नहुँदा दुर्गमका विरामीहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ । भनेको समयमै विरामी अस्पताल लैजान एम्बुलेन्स पाउन गाह्रो हुने गरेको गुनासो छ ।
अहिलेसम्म एम्बुलेन्स विहिन रहेको माण्डवी गाउँपालिकाले यसपाली खरिद प्रक्रिया अगाडी बढाइसकेको छ । गाउँपालिकाको मातहतमा रहने गरी १० लाख रुपैयाँ एम्बुलेन्स खरिदमा विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिए । ‘कोभिडको महामारी छ’, रिजालले भने,‘जब एम्बुलेन्स नै आवश्यकता पर्दछ भने, गाउँपालिकाको गाडीलाई किन एम्बुलेन्स बनाउन पर्यो र ?’
प्यूठान नगरपालिकाले पनि यसवर्ष एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराए । ‘राजश्व छुटको प्रक्रियामा रहेकाले आउन बाँकी छ’,उनले भने,‘कम्पनीले नगरपालिकासँग सम्झौता गरिसकेको छ ।’ जतिसक्दो छिटो ल्याउने प्रक्रियामा रहेको उनले सुनाए ।
कोभिडका विरामीहरुलाई बोक्नका लागि एम्बुलेन्स नभएपछि मल्लरानी गाउँपालिकाले जीप भाडामा लिएर काम चलाएको छ । यसवर्ष एम्बुलेन्स खरिद गर्ने बजेट नभएको र अर्को वर्ष जनप्रतिनिधीहरुले बजेट विनियोजन गरेमा खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी गराए । ‘गाउँपालिकाको दररेट अनुसार गाडी भाडामा लिएर काम चलाएका छौँ’,थापाले भने,‘अबको बजेटमा प्राथमिकतामा पर्छ जस्तो लाग्छ ।’
नौवहिनी क्षेत्रका नागरिकहरुले अझैसम्म गाउँपालिकाको एम्बुलेन्स सेवा पाउन सकेका छैनन् । जनप्रतिनिधीहरुले आफू चढ्नका लागि गाडी किने तर एम्बुलेन्स ल्याउन यसवर्ष देखाएको चासोले अझै मूर्तरुप पाउन सकेको छैन् । ‘रेडक्रस उपशाखालाई एम्बुलेन्स खरिद गर्न अधिकार दिएका छौँ’,निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र ब्रह्मा पण्डितले भने,‘उहाँहरुले भन्सार छुटको कागज अझै ल्याउनुभएको छैन्, त्यो आउदावित्तिकै रेडक्रसको खातामा पैसा जान्छ र एम्बुलेन्स आउछ ।’ दाङवाङ स्वास्थ्यचौकी र भूपु सैनिक रजवाराको एम्बुलेन्स सम्वन्धित एम्बुलेन्स चालकले भाडामा लिएर चलाएका छन् ।