बुटवल : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३ गते सूचना जारी गर्दै देशका कतिपय अस्पतालहरुले सम्वन्धित विरामीका आफन्तलाई अक्सिजन लिएर आएमात्र उपचार गराउने खवर पाएएपछि अस्पतालहरुलाई ध्यानाकर्षण गरायो । विरामीका आफन्तलाई नै अक्सिजन लिएर अस्पताल आउन नभन्न मन्त्रालयले ध्यानकर्षण गराउँदै त्यस्तो गरेको पाइएमा नियमानुसार कारवाही हुने जनाएको छ ।
तर, उक्त ध्यानाकर्षणको लुम्विनी प्रदेशमा खुलेआम धज्जी उडिरहेको छ । लुम्विनी प्रादेशिक अस्पताल र धागो कारखानामा रहेको कोरोना विषेश (अस्थायी) अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीका आफन्तलाई अस्पतालले अक्सिजनको जोहो आफैँ गर्न भनिरहेको छ । यसले विरामीका आफन्तलाई थप पीडा थपिदिएको छ ।
दाङ लमहीका एक यूवा धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत रहनुभएका बुवाको रेखदेखमा खटिरहेका छन् । ७२ वर्षिय बुवालाई कोरोना संक्रमण भएपछि उनी १६ दिनदेखि अस्पतालमा बुवाको हेरचाहमा छन् । बुवालाई निको हुँदै गएपनि दोस्रो चरणमा गरिएको कोरोना परिक्षणमा पनि पूनः पोजेटिभ देखिएपछि उपचारका लागि केही दन राख्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।
अस्पतालमा रहँदा उनलाई सवैभन्दा धेरै पिरलो अक्सिजन व्यवस्थापन कसरी गर्नेहोला ? भन्नेमै हुन्छ । अस्पतालमा एक जना मात्र कुरुवा बस्नपाउने व्यवस्था छ । ‘एक्लै छु, बुवाको हेरचाह गरौँ की अक्सिजन खोज्न हिडौँ’,ती यूवाले भने,‘अस्पतालले अक्सिजन दिन सकिदैन्, आ–आफैँ व्यवस्थापन गर्नुस् भनेको छ ।’ अक्सिजन सिलिण्डर बोकेर भैरहवा रिफिल गर्न पुग्न गाडीकै उस्तै समस्या छ । यस अस्पताल नजिकै भनेको बेला गाडी पाइँदैन् । गाडीमा रिर्जव गरेर अक्सिजन भर्न जाँदा भाडामै खर्च धेरै सकिन्छ ।
ठूलो खालको सिलिण्डर रिफिल गर्न १ हजार रुपैयाँ लाग्ने गरेको उनले बताए । एउटा लिसिलण्डर भर्न गाडी भाडा सहित कम्तीमा २ हजार ५ सय खर्च हुने गरेको छ । कम्तीमा २२ घण्टामा अक्सिजन रिफिल गर्नुपर्ने उनको भनाई छ ।
लुम्विनी प्रादेशिक अस्पताल र धागो कारखानामा रहेको कोरोना विषेश (अस्थायी) अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीका आफन्तलाई अस्पतालले अक्सिजनको जोहो आफैँ गर्न भनिरहेको छ । यसले विरामीका आफन्तलाई थप पीडा थपिदिएको छ ।
उनीजस्तै अस्पतालमा उपचारत धेरै विरामीका कुरुवाहरुले कष्ट खेप्दै आएका छन् । उनीहरुलाई अक्सिजनको चिन्ताले सताउने गरेको छ । अस्पताल प्रशासनले हात उठाएपछि उनीहरु थप पीडामा छन् । व्यक्तिहरुले सिलिण्डर भर्न सक्ने र अस्पताल, स्वास्थ्य मन्त्रालयले यसको व्यवस्थापन गर्न नसक्नु जिम्मेवार विहिन भएको विरामीका आफन्तहरुले गुनासो पोखेका छन् । अस्पतालको नजिकै रहेका प्रदेशका स्वास्थ्य मन्त्रालय र त्यस मातहतका संरचनाहरु अक्सिजन व्यवस्थापन गम्भिर भएर नलागेको विरामीका आफन्तहरुको आक्रोश छ ।
दोस्रो लहरको कोरोना संक्रमण भएदेखि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ६ जना विरामीहरुले अक्सिजन नपाएकै कारण ज्यान गुमाइसके । ती मध्ये अधिकांश रुपन्देही क्षेत्रका छन् ।
धागो काराखानमा रहेको कोरोना अस्थायी अस्पताल लुम्विनी प्रादेशिक अस्पताल मातहतकै हो । अस्पतालका सूचना एवं उपस्वास्थ्य प्रशासक डाक्टर विष्णु गौतमका अनुसार ती दुवै अस्पतालमा गरेर शनिवारसम्म १ सय ४१ जना विरामीहरुको उपचार चलिरहेको छ ।
धागो कारखानाको कोरोना अस्थायी अस्पतालको आइसियूमा १५ जना, एचडियूमा १० जना, इर्मेजेन्सीमा ४५ जना र सात जना ज्वारोका विरामीहरुको उपचार भइरहेको छ । लुम्विनी प्रादेशिक अस्पतालको मेडिकल वार्डमा १२ जना, इर्मेजेन्सीमा ४५ जना र सात जना ज्वरोका विरामीहरु उपचाररत रहेको गौतमले बताए ।
विरामीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले सम्वन्धित विरामीका कुरुवाहरुले नै अक्सिजनको व्यवस्था आफैँ गर्न भनेका छन् । दुई अस्पतालमा गरेर दैनिक ४ सय वटा ठूलो अक्सिजन सिलिण्डर आवश्यक पर्ने गरेको लुम्विनी प्रादेशिक अस्पतालका फार्मेसी अधिकृत पदम खनालले बताए । तर, दैनिक २ सय वटा सिलिण्डर मात्र आउने गरेको उनको भनाई छ । ‘आधाजति पनि सिलिण्डर ल्याउन सकिएको छैन्’,उनले भने,‘विरामीलाई अक्सिजन दिन नसक्दा समस्या छ ।’
अस्पतालमा कोरोना संक्रमण हुनु अघि नै नियमित रुपमा एच.ओ.अक्सिजन इन्डष्ट्रिज प्रा.लि.नेपालगञ्जले आपूर्ति गर्ने गरेको खनालले बताए । उसले दैनिक १ सय वटा सिलिण्डर ल्याइरहेको छ । यसबाहेक रुपन्देही क्षेत्रमा रहेका शंकर अक्सिजन, लुम्विनी ट्रेडर्स र लुम्विनी अक्सिजन प्रा.लि.ले दिने गरेका छन् । तर, उक्त कम्पनीहरुले हाल नियमित रुपमा अक्सिजन नदिइरहेको खनालले सुनाए । प्रति सिलिण्डर भर्नका लागि कम्पनीहरुले व्यक्तिगत एक हजार रुपैयाँ र सरकारसँग ६ सय रुपैँया लिने गरेका गर्छन् ।
‘एक्लै छु, बुवाको हेरचाह गरौँ की अक्सिजन खोज्न हिडौँ’,ती यूवाले भने,‘अस्पतालले अक्सिजन दिन सकिदैन्, आ–आफैँ व्यवस्थापन गर्नुस् भनेको छ ।’
लुम्विनी प्रदेशमा अक्सिजनको व्यवस्थापन गर्न चार सदस्यीय अक्सिजन व्यवस्थापन कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्य एवं स्वास्थ्य मन्त्रालयमा कार्यरत डाक्टर एलवी बस्नेतले माग अनुसारको अक्सिजन उत्पादन कम हुँदा आपूर्तिमा समस्या आएको जानकारी दिए । ‘रुपन्देहीमा ३ वटा प्लान्ट छन् । प्रदेशमा प्रतिदिन १ हजार ७ सय सिलिण्डर उत्पादन हुनुपर्ने छ’,उनले भने, ‘तर अहिले बढीमा १ हजार १ सय सिलिण्डर मात्र उत्पादन भइरहेको छ ।’
घरघरमा अक्सिजन सिलिण्डर राख्दा आपूर्तिमा समस्या भएको लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले जानकारी दिए । ‘चुहावट रोक्नका लागि डिसिसिएमसीमा पनि पत्राचार गरेका छौँ’,उनले भने, ‘मलाई लाग्छ केही दिनमा यो समस्या समाधान हुन्छ ।’ घरमा राखिएका सिलिण्डरले सिकिस्त भएका विरामीहरुलाई सेवा दिन समस्या भएको उनले बताए । सिलिण्डर संख्या थप गर्नका लागि थप पहल गरिरहेको समेत उनले सुनाए । -बुटवल टुडेबाट ।