बुटवल : रुपन्देहीको देवदह नगरपालिकाले नगरपालिका क्षेत्रका नागरिकहरुको पिसिआर परिक्षण निःशुल्क गरिदिने भएको छ । कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरेको आधारमा उनीहरुको पिसिआर गरिदिने व्यवस्था मिलाइएको नगरप्रमुख हिरा बहादुर खत्रीले जानकारी दिए ।
व्यक्तिगत रुपमा कोरोना परिक्षण गर्न जाँदा लाईनमा बस्नुपर्ने र जोखिम थप बढ्ने देखिएकाले यस्तो व्यवस्था मिलाइएको खत्रीले बताए । ‘बुधवारदेखि स्वाब संकलन गर्ने काम भइरहेको छ’,उनले भने,‘कुनै लक्षण देखिएमा खवर गर्नुपर्ने हुन्छ, हामी घरमै पुगेर स्वाब संकलन गर्छौ ।’ यसका लागि नगरपालिकाले उज्यालो लालटिन प्रतिष्ठानको सहकार्यमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको नगरप्रमुख खत्रीले जानकारी गराए ।
नगरपालिकाको आफ्नै जनशक्तिले स्वाब संकलन गर्ने छ । संकलित स्वाब प्रादेशिक स्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षणका लागि लगिने खत्रीले बताए । हाल रुपन्देहीका तीन स्थानमा कोरोना परिक्षण हुने गरेको छ । व्यक्तिगत रुपमा परिक्षण गर्दा प्रति व्यक्ति दुई हजार रुपैयाँ लाग्ने गरेको छ ।
देवदहले पिसिआर निःशुल्क गरिदिने
बुटवल
रुपन्देहीको देवदह नगरपालिकाले नगरपालिका क्षेत्रका नागरिकहरुको पिसिआर परिक्षण निःशुल्क गरिदिने भएको छ । कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरेको आधारमा उनीहरुको पिसिआर गरिदिने व्यवस्था मिलाइएको नगरप्रमुख हिरा बहादुर खत्रीले जानकारी दिए ।